काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार आज पोखरा जाने भएका छन् । नेकपा (एमाले) निकट युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशन उद्घाटनका लागि प्रधानमन्त्री ओली पोखरा जान लागेका हुन् ।
नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले दिउसो १२:१५ बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उनी बिहान ११ः३० बजे पोखरा जाने तयारी छ ।
प्रधानमन्त्री ओलीसँगै महासचिव शंकर पोखरेल, उपमहासचिव एवम सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ पनि शुक्रवार नै पोखरा पुग्ने एमाले कास्कीले जनाएको छ ।
पोखराको अमरसिंह चोकमा उद्घाटन हुने महाधिवेशनको बन्द सत्र पोखरा सभागृहमा हुनेछ । महाधिवेशनबाट अध्यक्ष, २ उपाध्यक्ष, महासचिव, उपमहासचिव र ४ सचिवसहित १५१ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ ।
महाधिवेशनका लागि देशभरबाट करिब २ हजार प्रतिनिधि सहभागी हुँदैछन् । जेठ ११ गतेसम्म चल्ने महाधिवेनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन गर्ने एमालेको तयारी छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology