Logo

२०८३, श्रावण २७गते


images
images

रास्वपाको जनयात्रा

रास्वपाले जेठ २३ गते झापाबाट जनयात्रा सुरु गर्ने

रास्वपाले जेठ २३ गते झापाबाट जनयात्रा सुरु गर्ने

images
  • रास्वपाले जेठ २३ गते झापाबाट जनयात्रा सुरु गर्ने
    images
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेठ २३ गतेबाट जनयात्रा सुरू गर्ने भएको छ । बिहीवार बसेको जनयात्रा संयोजन समितिको बैठकले झापाको मेचीनगरबाट जनयात्रा सुरू गर्ने निर्णय गरेको प्रवक्ता निशा डाँगीले जानकारी दिइन् ।

    images
    images
    images

    डाँगीका अनुसार बिहीवार बसेको बैठकले जेठ २३ गतेबाट जनयात्रा झापाबाट सुरू गर्ने र यसलाई स्थानीय स्तरसम्म लैजाने निर्णय गरेको उनले बताइन् । ‘जनयात्रामा पार्टीका कार्यवाहक सभापति, उपसभापति, महासचिव, सम्बन्धित जिल्लाका सांसदहरू, सम्बन्धित प्रदेश इन्चार्ज सभापति र जिल्ला सभापति लगायत स्थानीय समितिका पदाधिकारी पनि रहनुहुनेछ ।’ उनले भनिन् ‘झापाबाट अभियान सुरू गरेपछि त्यसक्रममा केन्द्रीय संयोजन समितिकै तर्फबाट केही पालिकामा अभियान लैजानेछौं। केन्द्रीय टोली पुग्न नसकेका पालिकामा स्थानीय समितिहरूले नै अभियानलाई निरन्तरता दिँदै गाउँ–टोलसम्म लैजान सक्नुहुनेछ, त्यही अनुसार योजना बनाइएको छ ।’ 

    images
    images
    images

    उनले सभा, सम्मेलन, कोण सभा भन्दा पनि जनयात्रा समस्या संकलन र समाधानमा केन्द्रित रहने योजना रहेको बताइन् । तर केन्द्रीय संयोजन समितिका तर्फबाट अभियानको कार्यविधि नै तय गरिएको छ ।

    images
    images
    images

    रास्वपाले गत चैत २३ गते चितवनमा जनयात्राको उद्घाटन गरिसकेको छ । पार्टी सभापति रवि लामिछानेले नै अभियानलाई सुरू गर्ने भने पनि उनी चैत २२ गते पक्राउ परी जेल चलान भएका थिए ।

    अभियानको संयोजन गर्ने जिम्मा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई दिइएको छ भने उपसंयोजकको जिम्मेवारी डा. तोसिमा कार्कीले पाएकी छन्

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • # जनयात्रा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।