Logo

२०८३, आश्विन ९गते


images
images

बुटवलमा डिजिटल पत्रकारिता तालिम

बुटवलमा डिजिटल पत्रकारिता तालिम

images
  • बुटवलमा डिजिटल पत्रकारिता तालिम
    images
    images

    बुटवल । रूपन्देहीमा डिजिटल पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले बिहिवारदेखि बुटवलमा दुई दिने तालिम संचालन गरेको हो । 

    images
    images
    images

    तालिममा पाल्पा, रुपन्देही र नवलपरासीका ५० जना पत्रकारहरुको सहभागिता रहेको पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष रामप्रसाद आचार्यले जानकारी दिए । 

    images
    images
    images

    तालिमको उद्घाटन समारोहमा बोल्दै नेपाल पत्रकार महसंघका केन्द्रिय सदस्य रामराज पोखरेलले प्रविधिको विकाससंगै पत्रकारले आफुलाई अपडेट गर्नुपर्ने बताए । प्रविधिको ज्ञान सबैलाई आवश्यक रहेको उल्लेख गर्दै उनले पत्रकारिताको पुरानो पुस्ताले पनि समयसंगै आफुलाई परिस्कृत गर्नुपर्ने धारणा व्यक्त गरे । 

    images
    images
    images

    पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौंलागाईले पत्रकारको क्षमता विकासका लागि महासंघले तालिम र फेलोशिपका कार्यक्रम ल्याएको बताए ।  उनले आफूहरूले एक करोड राशिको पत्रकार कल्याणकारी कोष स्थापना गर्ने तयारी गरिरहेको जानकारी दिए । 

    कार्यक्रममा वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईं, पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डे, नवलपरासी अध्यक्ष केशव पराजुली, संचारिका समूह लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोल लगायतले बोलेका थिए । 

    तालिमको प्रशिक्षक सूचना प्रविधि विज्ञ उज्जवल आचार्य रहेका छन् ।   

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।