काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सार्वजनिक लेखा समितिको सभापतिको विषयलाई लिएर नगिजोल्न नेकपा (माओवादी केन्द्र)सँग आग्रह गरेका छन् । तत्कालीन समयमा नेकपा एमाले प्रतिपक्षमा रहेको र सोहीअनुसार शिर्ष नेतृत्वबाट समितिको बाँडफाँड गर्दा एमालेको भागमा परेको भन्दै सभापतिको विषयलाई लिएर नगिजोल्न उनले आग्रह गरेका हुन् ।
प्रचण्डतर्फ इङ्गित गर्दै घिमिरेले समितिमा आएर सधैँ एउटै विषयलाई गिजोलिरहनु भन्दा आफ्ना शिर्षस्थ नेताहरुसँग गएर कुरा गर्न सांसदहरुलाई आग्रह गरे । अन्तर्राष्ट्रिय मान्यताअनुसार सार्वजनिक लेखा समितिको सभापति विपक्षीलाई नै दिने अभ्यास भएको उनले बताए । घिमिरेले यही विषयलाई लिएर सधैँ सभापतिलाई दोषारोपण गरिरहन नहुने उल्लेख गरे ।
प्रमुख सचेतक घिमिरेले भने, ‘सार्वजनिक लेखा समितिको सभापतिको विषयमा बारम्बार हरेक बैठकमा प्रश्न उठ्ने गर्दछ । अन्तर्राष्ट्रिय मान्यताअनुसार सार्वजनिक लेखा समितिको सभापति विपक्षीलाई नै दिने अभ्यास हो । संसदीय अभ्यासमा । सम्भवतः यो समिति बन्दा नेकपा एमाले प्रतिपक्षमा थियो, यस हिसावले यो भगमा एमालेको भागमा परेको हो । एउटा बुझ्नुपर्ने कुरा के हो भने यो समिति बन्दा भागबण्डै भएको हो ।’
प्रमुख सचेतक घिमिरेले शिर्ष नेतृत्व तहमा कुरा गरेर बदल्नुपर्छ भने सभापति बदल्न कुनै कठिनाइ नरहेको बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology