Logo

२०८३, श्रावण २७गते


images
images

सिकाई

देवदहमा साबुन बनाउने तालिम

देवदहमा साबुन बनाउने तालिम

images
  • देवदहमा साबुन बनाउने तालिम
    images
    images

    देवदह । देवदह नगरपालिकामा साबुन बनाउने एक हप्ते तालिम सम्पन्न भएको छ । नगरपालिकाको उपप्रमुखसंग महिला कार्यक्रम अन्तरगत नगरका दुई वडाका महिलाहरूलाई तालिम दिइएको जनाइएको छ । 

    images
    images
    images

    नगरका वडा नं ३ र ४ का ३० जना महिला सहभागी तालिममा स्थानीय स्रोतहरुको समेत प्रयोग गरी साबुन बनाउन सिकाइएको नगर उपप्रमुख सचिवालयले जनाएको छ । तालिममा स्थानीयस्तरमा उपलब्ध निम, मेवा आदिबाट साबुन उत्पादनसंगै व्यावसायिक उत्पादनका प्रशोधित पदार्थबाट पनि साबुन बनाउन सिकाइएको छ । 

    images
    images
    images

    तालिम समापन समारोहमा बोल्दै नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले महिला दिदिबहिनीको आर्थिकस्तर सुधार्न सकेमात्र नगर समृद्ध हुने बताइन् । 'खालि समयमा उत्पादनमुलक काम गर्ने र श्रमको सम्मान गर्ने हो भने कोहि पनि बेरोजगार हुनुपर्दैन ।' उनले भनिन्, 'नगरपालिकाले नगर उपप्रमुख महिला कार्यक्रम अनुसार यस्तै प्रकारका कार्यक्रममार्फत महिलालाई उद्यममा जोड्ने काम गर्दै आएको छ ।'  

    images
    images
    images

    त्यसैगरी देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्यालले सिकाइलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । 'तालिम लिएकामध्ये १० जनाले मात्रै त्यसलाई व्यवहारमा उतार्न सके र उद्यम सुरु गरे भने त्यो समाजको लागि ठूलो उपलब्धि हुन्छ ।' उनले भने, 'राज्यको लगानीले उचित प्रतिफल दिओस्  भन्ने हामी चाहान्छौं ।'

    कार्यक्रममा देवदह नगरपालिका वडा नं ३ का वडा अध्यक्ष यज्ञ अर्याल लगायतले बोलेका थिए ।  

    प्रशिक्षार्थीको तर्फबाट निर्मला हिताङ्ग, शान्ता पाण्डे र युवा कुमारी थापाले तालिममा सिकेका कुराको बारेमा उल्लेख गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।