काठमाडौं । नेपाली काँग्रेसका सांसद नारायणदत्त मिश्रले आगामी आर्थिक वर्षको बजेटमा चुरोट र रक्सीमा कर नबढाउन अर्थमन्त्रीलाई आग्रह गरेका छन् । बुधवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उनले चुरोट र रक्सीमा कर बढ्ने चाल पाएपछि उत्पादन बढाएर नयाँ गोदामभित्र सामान भरेर बजारमा अभाव देखाउने व्यापारीको दम्भ अन्त्यका लागि पनि कर बढाउनु उपयुक्त नहुने बताए ।
उनले विगतलाई हेर्ने हो भने साँठगाँठमा भन्सारमा हुने चुहावट रोक्नेतर्फ सरकारको ध्यानाकर्षण गराए । अहिले नेपालमा विचौलियाको कुरा धेरै चलेको उनको भनाई छ ।
उनले भने, ‘बजेट आउँदैछ । बजेटमा करका दर बढाउनु भनेको चलखेल पनि हो । तसथ करको दर बढ्ने चाल पाएपछि वा चाल दिएपछि उत्पादन बढाएर नयाँ नयाँ गोदामभित्र आफ्ना सामान भरेर राख्ने व्यापारीहरु छन् । तसर्थ मेरो दुई हात जोडेर बिन्ति छ कमसेकम यसपटक चुरोट र रक्सीमा कर नबढाउनुस् । अनि हेरौं व्यापारीको दम्भ ।’
सांसद मिश्रले संसदमा पक्षमा हुँदा सरकारले जे गरेपनि तालि बजनाउने र विपक्षमा हुँदा विरोधमात्र गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology