Logo

२०८३, आश्विन १०गते


images
images

स्वास्थ्य

डब्ल्युएचएद्वारा महामारी सम्झौता पारित

डब्ल्युएचएद्वारा महामारी सम्झौता पारित

images
  • डब्ल्युएचएद्वारा महामारी सम्झौता पारित
    images
    images

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को सर्वोच्च निर्णय निकाय विश्व स्वास्थ्य सभा (डब्ल्युएचए) ले जेनेभामा सम्पन्न बैठकमार्फत बहुप्रतिक्षित 'महामारी सम्झौता' पारित गरेको छ। डब्ल्युएचएको आधिकारिक वेबसाइटमा सार्वजनिक विज्ञप्तिअनुसार उक्त सम्झौता पारित भएपछि अब विश्व महामारीसँग जुध्ने रणनीति र तयारीको प्रक्रियामा निर्णायक मोड आएको बताइएको छ।

    images
    images
    images

    यो सम्झौताको प्रस्तावले महामारी निगरानी, रोकथाम र प्रतिकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले नयाँ संयन्त्र र प्लेटफर्महरू स्थापनाको खाका प्रस्तुत गरेको छ। विशेषगरी, महामारीका बेला आवश्यक औषधि, खोप र प्रविधिको उत्पादन, वितरण र पहुँचमा देखिने असमानता र अन्यायलाई अन्त्य गर्न समान साझेदारीको अवधारणा प्रष्ट रूपमा उल्लेख गरिएको छ। सम्झौता कार्यान्वयन भएमा विश्व स्वास्थ्य सुरक्षाको दीर्घकालीन रणनीतिमा आमूल परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

    images
    images
    images

    डब्ल्युएचएको समिति 'ए' ले सोमबार उक्त सम्झौताप्रति समर्थन जनाउँदै डब्ल्युएचएको ७८औं सत्रमा पारित गर्न सिफारिस गरेको थियो। मंगलबारको बैठकले उक्त सिफारिस पारित गर्दै महामारी सम्झौताका आधारभूत खाका र प्रक्रिया अघि बढाउने बाटो खुला गरेको हो।

    images
    images
    images

    सम्झौता अन्तर्गत विशेष रूपमा अन्तरसरकारी कार्यसमूहमार्फत रोगजनक पहुँच (pathogen access) र लाभ साझेदारी प्रणाली स्थापना गर्ने प्रस्ताव रहेको छ। यस प्रणालीको विधिवत मस्यौदा तयार गरी आगामी वर्षको डब्ल्युएचए बैठकमा विचार गरिनेछ। सम्झौताको PBS (Pathogen Access and Benefit-Sharing) अनुलग्नक पारित भइसकेपछि सदस्य राष्ट्रहरूमा यसलाई राष्ट्रिय कानुनी प्रक्रिया अनुसार हस्ताक्षर र अनुमोदनका लागि प्रस्तुत गरिनेछ।

    डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सभालाई सम्बोधन गर्दै महामारी सम्झौतालाई डब्ल्युएचओ र मानव स्वास्थ्यको इतिहासमा एक ऐतिहासिक उपलब्धि भएको बताउनु भयो। उहाँका अनुसार, यो सम्झौताले मानव जातिलाई महामारीको सम्भावित खतराबाट जोगिन आवश्यक तयारीको क्षेत्रमा पहिलाभन्दा सशक्त बनाउनेछ।

    "यस सम्झौताको मर्म समानता, ऐक्यबद्धता र वैज्ञानिक सहकार्यमा आधारित छ", गेब्रेयससको भनाइ छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।