Logo

२०८३, श्रावण २७गते


images
images

संवैधानिक परिषद्सम्बन्धी विधेयक चाँडो पारित नभए देश अध्यादेशबाट चलाउनुपर्ने हुन्छ : सञ्चारमन्त्री

संवैधानिक परिषद्सम्बन्धी विधेयक चाँडो पारित नभए देश अध्यादेशबाट चलाउनुपर्ने हुन्छ : सञ्चारमन्त्री

images
  • संवैधानिक परिषद्सम्बन्धी विधेयक चाँडो पारित नभए देश अध्यादेशबाट चलाउनुपर्ने हुन्छ : सञ्चारमन्त्री
    images
    images

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संवैधानिक परिषद्सम्बन्धी विधेयक छिटो पारित गर्नेगरी प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् । मंगलवार सिंहदरबारमा बसेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ मा सैद्धान्तिक छलफलमा समिति सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो आग्रह गरेका हुन् । 

    images
    images
    images

    मन्त्री गुरुङ्गले संवैधानिक परिषद्सम्बन्धी विधेयक टुंगो लगाउन प्रतिपक्ष र सत्तापक्ष नभनि लाग्नुपर्ने बताए । उनले संवैधानिक परिषद्मा अहिले सर्वसहमतिपछि मात्रै निर्णय हुने प्रावधानले मुलुकलाई अनिर्णयको बन्दी बनाएको उल्लेख गरे । अध्यादेशमा शासन चलाउने ठाउँमा नपु¥याउनको लागि पनि संवैधानिक परिषद्सम्बन्धी विधेयक चाँडो पारित गर्नुपर्ने गुरुङ्गको भनाई छ । 

    images
    images
    images

    उनले भने, ‘हामी प्रतिपक्ष वा सत्तापक्ष भन्ने माइण्डसेटबाट यो छलफल नगरौँ । जुन संरचना छ, मुलुकको प्रधानमन्त्री अध्यक्ष हुन्छ । प्रधानन्यायाधीश त्यसको सदस्य हुन्छ । सभामुख र राष्ट्रिय सभाको अध्यक्ष, उपसभामुख त्यसको सदस्य हुन्छ । तीन वटा अंगहरुको यो स्ट्रक्चर हो । राजकीय सत्ताको अभ्यासको लागि यो सबैभन्दा ठूलो ठाउँ हो । यो राज्यको समस्या हो । राज्यलाई अनिर्णयको बन्दी बनाउने की नबनाउने भन्ने कुरा हो ।’ मन्त्री गुरुङले कानूनी सीमाभित्र सक्ने गरी विधेयक टुंगो लगाउन आग्रह गरेका छन् । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।