Logo

२०८३, श्रावण २७गते


images
images

अहिले राजा ल्याउनु हुँदैन : नारायणमान बिजुक्छे

अहिले राजा ल्याउनु हुँदैन : नारायणमान बिजुक्छे

images
  • अहिले राजा ल्याउनु हुँदैन : नारायणमान बिजुक्छे
    images
    images

    काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अहिले नेपालमा राजा ल्याउनु नहुने बताएका छन् । मंगलवार भक्तपुरमा आयोजित एक कार्यक्रमपछि कुरा गर्दै उनले नेपालमा अहिले राजतन्त्र ल्याउन नहुने बताएका हुन् । 

    images
    images
    images

    बिजुक्छेले संवैधानिक राजतन्त्र नमानेकाले नै तत्कालिन राजा ज्ञानेन्द्र शाह राजाबाट हट्नुपरेको उल्लेख गरे । उनले भारत वा अमेरिकाले नेपालमा राजतन्त्र ल्याउने प्रयास गरेको खण्डमा देशमा युद्ध हुने बताए । राजतन्त्र पुनःस्थापनका लागि बन्दुक बाहेकको उपाय नरहेको र बन्दुक उठाएपछि फेरि त्यसको बिरुद्धमा लडाईं हुने जिकिर गरे । 

    images
    images
    images

    उनले भने, ‘राजा सर्वशक्तिमान छ तर यहाँको राजाले मुसा मार्न पनि सक्दैन भनेर बेलायतको संविधानमा लेख्यो तर त्यस्तो राजा त राजा पनि होइन । यहाँ पनि त्यस्तो मान्ने भए त मानिहाल्थे नि । अहिलेको राजाले त सबैलाई जेलमा हालिदियो । बिरोध भएर गयो । फेरि त्यो आयो भने फेरि जान्छ । बाँकी त रहँदैन नि । यदी त्यसलाई इण्डियाले वा अमेरिकाले ल्याएको हो भने लडाईं हुन्छ देशमा ।’

    images
    images
    images

    अध्यक्ष बिजुक्छेले अहिलेका राजनीतिक दलहरुले कार्यकर्ताहरुलाई पैसा, जग्गा बाँड्ने काम मात्रै गरेको आरोप लगाएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।