Logo

२०८३, आश्विन ११गते


images
images

क्रिकेट

लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष गुरुङ पदमुक्त

लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष गुरुङ पदमुक्त

images
  • लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष गुरुङ पदमुक्त
    images
    images

    भैरहवा । लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङ पदमुक्त भएका छन् । गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित भएपछि उनी पदमुक्त भएका हुन् ।

    images
    images
    images

    २०८१ चैत्र २२ गते संघका उपाध्यक्ष विनय राजभण्डारी प्रस्तावक बस्दै ३१ जना प्रतिनिधिले हस्ताक्षर गरेर गुरुङविरुद्ध अविश्वासको प्रस्ताव नेपाल क्रिकेट संघ (क्यान)मा पठाइएको थियो । क्यानको निर्देशनअनुसार शनिवार कपिलवस्तुको तौलिहवामा भएको विशेष साधारणसभाबाट गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि उनी पदमुक्त भएका हुन् । गुरुङ पछिल्लो डेढ वर्ष यता संघको अध्यक्ष थिए ।

    images
    images
    images

    विशेष साधारणसभामा उपस्थित ३८ जना (शतप्रतिशत) प्रतिनिधिले नै अविश्वासको प्रस्तावको पक्षमा मतदान गरेका छन् । गुरुङको पक्षमा भने शुन्य मत परेको प्रदेश क्रिकेट संघले जनाएको छ । संघका कुल ४१ प्रतिनिधिमध्ये कोषाध्यक्ष राजेश शाक्यको मृत्यु भएपछि उक्त पद खाली छ । साधारण सभामा अध्यक्ष गुरुङ उपस्थित भएनन् भने संघका सदस्य सुभाष तिमिल्सिना अष्ट्रेलियामा भएकाले उपस्थित भएनन् । गुरुङ पदमुक्त भएपछि संघको अध्यक्ष पद खाली भएको छ ।

    images
    images
    images
    IMG20250517121954.jpg

    विशेष साधारणसभाले संघको उपाध्यक्ष राजभण्डारीलाई कार्यबाहक अध्यक्ष तोकेको छ । संघको विशेष साधारणसभाले रिक्त अध्यक्ष र कोषाध्यक्ष चयनका लागि एक विशेष साधारण सभा गर्ने तयारी गरेको कार्यबाहक अध्यक्ष भण्डारीले बताए ।

    गुरुङले मनपरी संघ चलाएको, आर्थिक अनियमितता गरेको र विधानलाई बेवास्ता गरी अघि बढेको भन्दै संघमा आवद्ध दुई तिहाई बढी प्रतिनिधिले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । विशेष सधारण सभाबाट गुरुङ पदमुक्त भएपछि कार्यबाहक अध्यक्ष राजभण्डारीको अध्यक्षतामा बसेको प्रदेश कार्यसमितिको बैठकले सधारणसभाको मिति समेत तोकेको छ । 

    राजभण्डारीका अनुसार बैठकले जेठ ३१ गते पाल्लामा विशेष सधारण सभा गर्ने निर्णय गरेको छ । उनले उक्त साधारणसभाले नयाँ नेतृत्व चयन गरेर संघलाई बलियो, पारदर्शी र क्रिकेट गतिविधिमा क्रियाशील बनाउने बताएका छन् । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।