Logo

२०८३, आश्विन ११गते


images
images

खेलकुद

आईतवारदेखि टि—टेन क्रिकेट हुने

आईतवारदेखि टि—टेन क्रिकेट हुने

images
  • आईतवारदेखि टि—टेन क्रिकेट हुने
    images
    images

    काठमाडौं । तीन विश्वविद्यालयका टोली सहभागी हुने डम्बर धामी स्मृति टी-टेन क्रिकेट प्रतियोगिता आइतबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने भएको छ। नेपालका तीन विश्वविद्यालयका कुल १२ कलेजका टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगिता अनेरास्ववियु पूर्वाञ्चल विश्वविद्यालय राष्ट्रिय कमिटीको आयोजनामा हुनेछ।

    images
    images
    images

    आयोजकले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो। प्रतियोगिता जेठ ८ गतेसम्म जारी रहनेछ। सहभागी १२ टिमलाई चार समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेल सञ्चालन हुनेछ। विजेताले ३५ हजार र उपविजेताले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितामा सहभागी टिमले इन्ट्री फीका रूपमा १५ हजार रुपैयाँ तिर्नुपर्नेछ।

    images
    images
    images

    प्रतियोगिता डम्बर धामीको स्मृतिमा आयोजना गरिएको हो। डढेलधुराका धामीको गत साल मंसिरमा जिप दुर्घटनामा घाइते भई उपचारका क्रममा निधन भएको थियो। उनले हिस्ट इन्जिनियर कलेजबाट इन्जिनियरिङ अध्ययन पूरा गरेका थिए।

    images
    images
    images

    प्रतियोगितामा सहभागी टिमहरू समूह 'ए', 'बी', 'सी' र 'डी' गरी चार समूहमा विभाजन गरिएको छ। समूह 'ए' मा हिस्ट इन्जिनियरिङ कलेज, कान्तिपुर इन्टरनेसनल कलेज र एक्मे इन्जिनियरिङ कलेज छन्। समूह 'बी' मा हिमालयन व्हाइट हाउस इन्टरनेसनल कलेज, जियोम्याटिक इन्स्टिच्युट अफ टेक्नोलोजी र कोसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी छन्। समूह 'सी' मा कान्तिपुर सिटी कलेज, कलेज अफ आईटी एण्ड इन्जिनियरिङ र हिलसाइड कलेज अफ इन्जिनियरिङ रहेका छन्। समूह 'डी' मा कान्तिपुर इन्जिनियरिङ कलेज, पशुपति मल्टिपल क्याम्पस र रत्नराज्य लक्ष्मी क्याम्पस रहेका छन्।

    प्रतियोगिताको पहिलो दिन पहिलो खेलमा समूह 'ए' को हिस्ट इन्जिनियरिङ कलेज र कान्तिपुर इन्टरनेसनल कलेजबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेलमा समूह 'सी' को कान्तिपुर सिटी कलेज र हिलसाइड कलेज अफ इन्जिनियरिङबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताले नेपाली कलेज क्रिकेटमा नयाँ उत्साह ल्याउने विश्वास गरिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।