Logo

२०८३, आश्विन १०गते


images
images

रोजवर्ड मन्टेश्वरीमा स्वास्थ्य परिक्षण : एक सय ३३ जनाले लिए सेवा

रोजवर्ड मन्टेश्वरीमा स्वास्थ्य परिक्षण : एक सय ३३ जनाले लिए सेवा

images
  • रोजवर्ड मन्टेश्वरीमा स्वास्थ्य परिक्षण : एक सय ३३ जनाले लिए सेवा
    images
    images

    देवदह । स-सानाबालबालिकाहरु अभिभावकसहित फरक-फरक कोठामा झुम्मिएर बसिरहेका छन् । कक्षाकोठाहरु वातानुकुलित छन्, तर बाहिर उभिन नसकिने टण्टलापुर घाम छ । सिजनल रुपमा विभिन्न अवसरवादी रोगहरु र दिर्घरोग परिक्षणका लागि रोज बर्ड मन्टेश्वरी देवदह–६ मा शुक्रवार देखिएको दृश्य हो यो । जहाँ स्वास्थ्त्यकर्मीहरुले सो स्कूलमा अध्ययनरत बालबालिका र तिनका अभिभावकको स्वास्थ्य परिक्षण गरिरहेका थिए । 

    images
    images
    images

    देवदह मेडिकल कलेज भलुहीको प्राबिधिक टोलीले रोजवर्डमा स्वास्थ्य परिक्षण गरिरहेको थियो । जहाँ नाक, कान, घाँटी, दाँत र आँखाको चेकजाँच हुँदैथियो । संख्यामा ६० जना विद्यार्थी रहेको रोजवर्डले यसपटकको शुक्रवारलाई स्वास्थ्य परिक्षण वारको रुपमा लिएर आफ्ना विद्यार्थी र अभिभावकको स्वास्थ्य परिक्षण गराईरहेको हो । 

    images
    images
    images

    स्वास्थ्यलाई संवेदनशिल रुपमा लिँदै रोजवर्डले विगतमा समेत स्वास्थ्य परिक्षणका कार्यक्रम गर्दै आएको थियो । ‘विगतमा  बर्षको ३ पटक विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिन्थ्यो । यो पटक उनीहरुका अभिभावकलाई पनि संगै बोलाएर संगसंगै स्वास्थ्य जाँच गरिएको छ ।’ विद्यालयका प्रवन्ध निर्देशक प्रकाश अधिकारीले भने, ‘यसले हामीलाई थप हौसला प्रदान गरेको छ । विद्यार्थीका अभिभावकलाई संगै राखेर स्वास्थ्य परिक्षण गरेपछि उनीहरुका समस्या अभिभावकलाई पनि थाह हुने भो ।’ 

    images
    images
    images
    eye checkup .jpg
    अभिभावकको आँखा परिक्षण गर्दै डा. हिरालाल धामी

    स्वास्थ्य परिक्षणका लागि मेडिकल कलेजका वरिष्ठ नेत्र अधिकृत डा. हिरालाल धामी, र बालरोग डा.माधब भुसाल लगायत ४ जनाको स्वास्थ्यकर्मीहरुको टिम खटिएको थियो । सोहि क्रममा विरामी जाँचीरहेका डा. धामीले देवदह क्षेत्रमा गरिने विभिन्न शिविरहरुमा २० प्रतिशतसम्म दृष्टिदोषको समस्या देखिने गरेको जानकारी दिए । उनले खानपिन, मोबाइल, टिभी तथा ईलेक्ट्रोनिक डिभाईसहरु प्रति बालबालिकाको बढ्दो मोह आदि जस्ता कारणले बालबालिकामा यस्तो समस्या देखिने गरेको बताए ।

    IMG_4233.JPG
    विद्यार्थी र अभिभावकको स्वास्थ्य परिक्षण हुँदै

    ‘फिजिकल एक्सरसाइज नहुनु, सजिलोको लागि बसेर गरिने कामहरु बढ्नाले अन्य उमेर समूहमा पनि यसले असर पारिरहेको छ ।’ धामीले भने, ‘यसबारे सबै अभिभावक समयमै सचेत भई आफ्ना बालबालिकालाई समेत यस्ता समस्याहरुबाट जोगाउनुपर्दछ ।‘ उनले स्वास्थ्य प्रति घर परिवारबाटै सचेत र जिम्मेवार बन्ने हो भने स्वास्थ्यको क्षेत्रमा हुने खर्च जोगिने र स्वस्थ्य समाज निर्माण हुने समेत बताए । 

    स्वास्थ्य परिक्षणबारे थाहा पाएर विद्यार्थीसंगै अएका अभिभावक मुक्तिराम पोखरेलले मन्टेश्वरीले विद्यार्थीसंगै अभिभावकको समेत स्वास्थ्य परिक्षण गरेकोमा खुशी व्यक्त गरे । उनले भने, ‘विरामी हुँदा बाहेक सामान्य चेकजाँचको लागि अस्पताल जाने हाम्रो बानी हुँदैन, त्यसैले पनि विद्यालयले गरेको यो काम सराहनीय छ ।’

    कार्यक्रममा विद्यार्थी तथा अभिभावकको उत्साहजनक उपस्थिती रहेको र सो क्रममा एक सय ३३ जनाको स्वास्थ्य परिक्षण गरिएको मन्टेश्वरीका प्रिन्सिपल विपना रिजालले जानकारी दिईन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।