देवदह । भेडा बाख्रामा लाग्ने पिपिआर रोगका विरुद्ध रुपन्देहीको देवदहमा खोप अभियान सञ्चालन गरिएको छ । बुधवारबाट सुरु भएको अभियान जेठ महिना भरि जारी रहने नगर पशु सेवा शाखाले जनाएको छ ।
अभियानका क्रममा देवदहका सबै वडाहरुमा रहेका करिव १५ हजार भेडा बाख्रालाई खोप दिईने शाखाका पशु विकास अधिकृत प्रविन गौंडेलले जानकारी दिए । ‘देवदह पिपिआरको जोखिम रहेको नगर भएकाले यस विरुद्धको खेपलाई नगरले केहि बर्ष यता नियमित गरिरहेको छ ।’ गौंडेलले भने, ‘यो रोग लागेपछि निको नहुने भएकाले पनि यसको बारेमा सचेत भई समयमै भ्याक्सिनेसन गर्नु नै यसको उत्तम विकल्प हो ।’
पिपिआर रोग लागेपछि भेडा बाख्राहरुमा मुखमा घाउ आउने, र्याल काड्ने, ज्वरो आउने, झोक्राउने र अन्तिममा मर्ने जस्ता लक्षणहरु देखापर्ने खोप कार्यक्रमका प्राविधिक इश्वर राज पन्थले जानकारी दिए । हावाको माध्यमबाट हुने रोगको संक्रमण एकदमै छिटो एकदेखि अर्कोमा सर्ने र मृत्युदर ६० देखि ९० प्रतिशत मृत्युदर हुने भएकाले यसका लक्षणहरुलाई व्यवस्थापन गर्नुपर्ने पन्थले बताए ।
शु विकास अधिकृत गौंडेलको नेतृत्वमा ५ जना प्रविधिकहरुको टोलिले वडागत रुपमै उपस्थित भएर खोप लगाउने कार्य गरिरहेको छ । खोपका लागि एउटा भाएल खोलेपछि एक सय वटा भेडा बाख्रालाई खोप लगाउनुपर्ने भएकाले वडाहरुमा किसानलाई भेडाबाख्रा जम्मा पार्न लगाईएको शाखाले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology