Logo

२०८३, श्रावण २७गते


images
images

पर्व मनाउने की अन्न थनकाउने

सुनवलका किसानहरूलाई दशैँमा धान काट्ने चटारो

सुनवलका किसानहरूलाई दशैँमा धान काट्ने चटारो

images
  • सुनवलका  किसानहरूलाई  दशैँमा धान काट्ने चटारो
    रेशम अधिकारी/ सेतोमसी
    images
    images

    रेशम अधिकारी, नवलपरासी । नेपालीहरूको महान पर्व दशैँ नजिकिँदै गएपनि पच्छिम  नवलपरासी सुनवलका किसानहरूलाई भने धान काट्ने चटारो भएको छ। जिल्लाका किसानहरू दशैँको रमझममा भन्दा धान काट्न व्यस्त देखिएका छन् । जेठ, असारमा रोपेको धानको बाला पहेँलपुर भई काट्न ठिक्क परेपछि सुनवलका किसानलाई धान काट्ने चटारो परेको हो ।

    images
    images
    images

    245083806_422860212748325_4824732197311138183_n.jpg

    images
    images
    images

    गाउँका किसानहरू समूहमा मिलेर धान काट्न थालेका छन् । जेठ असारमा पर्याप्त पानी पर्दा रोपाइँ छिटै भएका कारणले पनि अन्य वर्ष भन्दा यस वर्ष चाडै धान काट्न परेको स्थानीय किसान राधाकृष्ण न्यौपाने बताउँछन । गाउँघरमा आवश्यक जनशक्ति पाइदैन । त्यसैले अर्मपर्म  र नजिकै रहेको कारखानाका कामदार बोलाएर धान भित्र्याउने गरेका छौं’ सुनवलमा धान काट्दै गरेको  किसानले गुनासो गरे । 

    images
    images
    images

    अहिले धान काट्ने चटारोले किसानले फुर्सदमा दशैँ मनाउन नपाउने पक्का भएको छ । सुनवल नगरपालिका वडा नम्बर ७ सिसाहानीका किसान लक्ष्मी पति अधिकारी भन्छन् दशैँ आयो तर फूलपातीको दिन सम्म धान काट्ने मेला छ । यो वर्षको दसैं त रमाईलोमा भन्दा बाली भित्राउन नै व्यस्त हुनी भइयो उनले सुनाए ।

     

    कृषि यन्त्र तर्फ आकर्षण बढ्दै गर्दा  खेतबारीमै धान काट्ने, थ्रेसरलगायतका आधुनिक यन्त्र पुग्न थालेपछि आफूहरूलाई निकै सहज भएको किसानहरूको अनुभव छ। 

    पछिल्लो समय खेत जोत्ने, जमिन सम्याउने, आली लगाउने, बीउ राख्ने, बीउ छर्ने, रोप्ने, दाइँ हाल्ने, बाली निफन्नेजस्ता थुप्रै काममा आधुनिक कृषियन्त्रको प्रयोग भइरहेको किसानहरू बताउँछन्। कृषियन्त्रको प्रयोगले समय र श्रमको बचत हुने भएकाले पनि कृषक कृषियन्त्रतर्फ आकर्षित भएको  बताउँछन्। 

     

     

    245101665_272701674716942_3564825077864081912_n.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।