काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सीपमुलक जनशक्ति रोजगारीमा जोडिएमात्रै समृद्ध नेपाल सम्भव रहेको बताएका छन् । बिहिवार बालुवाटारबाट १ सय ३६ औं श्रमीक दिवसको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुरु गरेको श्रम संसार पोर्टलको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले श्रमीकको कल्याण, महिलाको आत्मनिर्भरता आवश्यक रहेको बताए ।
श्रम संसार राष्ट्रिय दृष्टिकोणको डिजिटल अभ्यास भएको उनले बताए । श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने बताएका प्रधानमन्त्री ओलीले बैदेशिक रोजगारमा देखापरेका चुनौतिहरु नियन्त्रण गर्नुपर्ने बेला भएको उल्लेख गरे ।
श्रम बजारको विकास गर्न तालिम होस् वा उद्यमशिलता विकास होस् वा सहुलियतपूर्ण कर्जाहरु, सरकारले उपलब्ध गराउने सबै श्रम तथा रोजगार सेवाहरुलाई जनताको घर दैलोमा पु¥याउनका लागि र श्रम रोजगार तथा सामाजिक सुरक्षाका सम्पूर्ण सेवाहरुलाई सबै नेपालीको पहुँचमा पु¥याउन श्रम संसार पोर्टल मन्त्रालयले विकास गरेको बताए ।
प्रधानमन्त्री ओलीले सीपमुलक तालिम, संस्कृतिको विकास र बिस्तारमार्फत दिगो रोजगारीको प्रवन्ध सम्भव हुने जिकिर गरे । सरकारले आगमी दशकलाई आन्तरिक रोजगारीको दशक बनाउन रणनीतिक कार्ययोजना निर्माण गरिरहेको समेत उनले जानकारी गराए ।
प्रधानमन्त्री ओलीले ज्ञानमा आधारित समाज र डिजिटल अर्थतन्त्रको निर्माण, प्रविधिको उच्च प्रयोग गरेर विकास र समृद्धिका लक्ष्यहरु प्राप्त गर्न सबै नेपालीलाई सहज र सरल सेवा प्रवाहका लागि सूचना प्रविधिको महत्वपूर्ण भुमिका रहेको बताए । सरकारले श्रम बजार, सूचना प्रणाली निर्माणको कार्य अगाडि बढाएको प्रधामन्त्री ओलीले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology