देवदह । अपाङ्ग समाज सेवा केन्द्र देवदहका एक सय जना अपाङ्गता भएका व्यक्तिहरूलाई बुधवार झुल वितरण गरिएको छ । रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ४ निवासी एशिका रानाको अन्न प्राशनको अवसर पारेर झुल वितरण गरिएको हो ।
एशिकाका बुवा मुक्तिबहादुर, आमा मनिका राना तथा उनका अन्य पारिवारीक सदस्यहरुको रोहवरमा केन्द्रको कार्यालय देवदह ७ शितलनगरमा झुल वितरण गरिएको संस्थाका सचिव धर्म सापकोटाले जानकारी दिए । सो अवसरमा देवदह नगरपालिकाको १२ वटै वडाका अपाङ्गता भएका व्यक्तिहरूलाई झुल वितरण गरिएको केन्द्रले जनाएको छ ।
झुल वितरण कार्यक्रममा बोल्दै एशिकाका हजुरबुवा उदय पुनले आफ्नो परिवारमा समेत अपाङ्गता भएको सदस्य भएकै कारण आँफुहरुले देवदह क्षेत्रमा झुल वितरण गरेको जानकारी दिए ।
त्यसैगरि केन्द्रका अध्यक्ष बालकुमार श्रेष्ठले सैनामैनाका राना परिवाले देवदहमा आएर अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गरेकोमा खुसि व्यक्त गरे । उनले अन्न प्राशन गरेकी एशिकालाई स्वस्थ जिवन र उज्वल भविष्यको लागि शुभकामना समेत दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology