Logo

२०८३, श्रावण २७गते


images
images

सर्वोच्च

रेशम चौधरीलाई पक्रन पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत विष्ट पक्राउ

रेशम चौधरीलाई पक्रन पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत विष्ट पक्राउ

images
  • रेशम चौधरीलाई पक्रन पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत विष्ट पक्राउ
    images
    images

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न भन्दै डिल्लीबजार कारागारलाई पत्र पठाएका सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्ट पक्राउ परेका छन् ।

    images
    images
    images

    उनलाई सर्वोच्च अदालत परिसरबाटै प्रहरीले पक्रेको हो । विष्टलाई जिल्ला प्रहरी परिसर भद्रकाली लगिएको छ ।
    विष्टको नामबाट जारी भएको पत्र शंकास्पद र कानुनसम्मत नभएपछि विष्टलाई पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ ।

    images
    images
    images

    रेशम चौधरीलाई कैद गर्ने पत्र कानुनसम्मत नदेखिएपछि सर्वोच्च अदालतले अर्को पत्र पठाउने तयारी गरेको छ । त्यही पत्रका आधारमा रेशम चौधरीलाई थुनामुक्त गर्ने तयारी छ ।

    images
    images
    images

    सर्वोच्चबाट अर्को पत्र आउनासाथ रेशम चौधरीलाई थुनामुक्त गर्ने डिल्लीबजार कारागारका जेलर पूर्णबहादुर खत्रीले बताएका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।