Logo

२०८३, श्रावण २७गते


images
images

असोज मसान्तसम्म देवदहका सबै भुमिहिनको हातमा लालपुर्जा आउँछ : नगरप्रमुख खरेल

असोज मसान्तसम्म देवदहका सबै भुमिहिनको हातमा लालपुर्जा आउँछ : नगरप्रमुख खरेल

images
  • असोज मसान्तसम्म देवदहका सबै भुमिहिनको हातमा लालपुर्जा आउँछ : नगरप्रमुख खरेल
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा भूमिहिन सुकुम्बासी, भूमिहिन दलित र अव्यवस्थित बसोबासीको लागि लालपुर्जा वितरण प्रयोजनार्थ नापजाँज कार्य सुरुवात भएको छ । देवदहको वडा नं ७ र ८ मा मंगलवार एकसाथ नापजाँच कार्यको सुरुवात गरिएको हो । सुकुम्बासी समस्या समाधान आयोग विघटन भएपछि रोकिएको नापजाँच तथा वितरण कार्य भूमी समस्या समाधान आयोग पुनर्गठन भएपछि पुनः अगाडी बढेको हो । 

    images
    images
    images

    नापजाँच कार्य सुभारम्भ गर्दै देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले देवदहमा सुकुम्बासी समस्या विकराल रुपमा रहेकाले अव यो समस्या सँधैको लागि अन्त्य हुने बताए । उनले एक हजार पाँच सय जग्गाधनी पुर्जा वितरण को लागि तयारी अवस्थामा रहेको र जिल्लाबाट सूचना प्राप्त हुनासाथ वितरण गरिने बताए । 

    images
    images
    images

    ‘आजको मितिले बढिमा एक महिना लाग्ला, बनेका लालपुर्जा जनताको हातमा पुग्छन् । असोज मसान्तसम्म त सबै भुमिहिनलाई लालपुर्जा दिईसकिनेछ ।’ उनले भने, ‘सूचना प्रकाशन भएको १५ दिन भित्र राजश्व बुझाउनुपर्ने भएकाले तपाईहरु पैसाको जोहो गर्दैगर्नुहोला ।’ कर्मचारीहरुले विहान ६ बजेदेखि साँझ ७ बजेसम्म खटेर काम गर्ने बताउँदै उनले जग्गाधनीपुर्जा प्राप्त गर्नेभन्दा ठुलो कुरा बाटो र अन्य विकास निर्माणका काम नभएको उल्लेख गरे ।

    images
    images
    images

    सोहि अवसरमा भूमी समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष कुमार थापाले जग्गा वितरणका लागि विगतमा पटकपटक आयोग बन्ने गरेको भएपनि यो पटकको आयोग भूमी समस्या समाधान गर्ने अन्तिम आयोग हुने दावी गरे । उनले छिटो भन्दा छिटो भुमिहिनहरुको हातमा जग्गाधनी पुर्जा पर्नेगरि काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए । 

    रुपन्देहीको देवदहमा १५ हजार तीन सय ६३ जना भूमिहिन सुकुम्बासी, भूमिहिन दलित र अव्यवस्थित बसोबासी रहेको तथ्यांकमा उल्लेख छ । जग्गा वितरणका लागि यसअघि ८ देखी २ सय प्रतिशतसम्म राजश्व तोकिएकाले देवदहका कतिपय भुमिहिनले राजश्व बढि भएको भन्दै बनेको पुर्जा समेत बहिष्कार गरेका थिए । तर हाल कृषिको ५ र आवास तर्फ १० प्रतिशत राजश्व लिनेगरि नेपाल सरकारले निर्णय गरेसंगै भुमिहिन सुकुम्बासीहरुले राजश्व बुझाएर जग्गाधनी पूर्जा लिने अपेक्षा गरिएको छ । 

    नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, वडा अध्यक्षहरु गणेश डुम्रे, कृष्ण प्रसाद अधिकारी, हरि पाण्डे लगायतको उपस्थितिमा नापजाँच प्रक्रिया सुरु गरिएको हो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।