Logo

२०८३, श्रावण २७गते


images
images

शिक्षक आन्दोलन

वार्ताका माध्यमबाटै शिक्षकका समस्या समाधान हुन्छन् : शिक्षामन्त्री पन्त

वार्ताका माध्यमबाटै शिक्षकका समस्या समाधान हुन्छन् : शिक्षामन्त्री पन्त

images
  • वार्ताका माध्यमबाटै शिक्षकका समस्या समाधान हुन्छन् : शिक्षामन्त्री पन्त
    images
    images

    काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले वार्ताका माध्यमबाट शिक्षकहरुका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन् । बिहिवार सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्षमा पदभार ग्रहण गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् । 

    images
    images
    images

    मन्त्री पन्तले आफू मन्त्रालयमा प्रवेश गरेको र समस्याको बारेमा जानकार रहेको बताए । उनले समस्या समाधानका लागि मन्त्रालयले कस्तो प्रयास गरिरहेको छ भन्नेबारेमा बुझेर थप निर्णय लिने जानकारी दिए ।  वार्ताका माध्यमबाट समस्या समाधान गर्नेमा आफ्नो ध्यान केन्द्रित हुने उनको भनाई छ ।  

    images
    images
    images

    ‘भर्खर मन्त्रालयमा प्रवेश गरेको छु । यो समस्याको बारेमा जानकार त छु । तर मन्त्रालयको प्रशासन, अरु साथीहरुले विभिन्न कारणले जुन प्रकारले वार्ता गरिरहनुभएको छ ।’ उनले भने, ‘म उहाँहरुलाई त्यसको लागि धन्यवाद दिन चाहन्छु, त्यो सबै विषयमा मैले राम्रोसँग जानकारी लिइसकेको छैन । त्यसबारेमा राम्रोसँग जानकारी नलिकन विचार व्यक्त गर्नु उपयुक्त हुँदैन ।’

    images
    images
    images

    मन्त्री पन्तले अब बोल्ने भन्दा काम गर्ने समय आएको समेत बताएका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शिक्षकका समस्या
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।