Logo

२०८३, श्रावण २७गते


images
images

पब्जी च्याम्पियनसिप

इसान एशियन पब्जी च्याम्पियनसिप वैशाखको तेस्रो साता

इसान एशियन पब्जी च्याम्पियनसिप वैशाखको तेस्रो साता

images
  • इसान एशियन पब्जी च्याम्पियनसिप वैशाखको तेस्रो साता
    images
    images

    काठमाडौं । ई स्पोर्टस् संघ नेपाल (इसान) को आयोजनामा इसान एशियन पब्जी च्याम्पियनसिप आगामी वैशाखको तेस्रो सातामा हुने भएको छ । कुल १३ राष्ट्रको टोलीले प्रतिष्पर्धा गर्ने इसान एसियन पब्जी च्याम्पियनसिपमा आगामी वैशाख २६ देखि २८ गतेसम्म हुन लागेको हो । 

    images
    images
    images

    आईतवार पत्रकार सम्मेलनमार्पmत ई स्पोटर््स संघ नेपालका अध्यक्ष अञ्जन धमलाले संघको वार्षिक कार्यक्रमअनुसार प्रतियोगिता हुन लागेको बताए । उक्त प्रतियोगितामा नेपालका तीन टोली डिआरएस, होरा इस्पोट्र्स र नेपेक्स इस्पोटर््सले खेल्ने भएको छ । मलेसिया, इण्डोनेसिया, भियतनाम, फिलिपिन्स, पाकिस्तान, बाङ्लादेश, जोर्डन, सिरिया, लाओस, लेबनान, मङ्गोलिया, श्रीलंका र माल्दिभ्सका टोलीले भर्चुअलको माध्यमबाट प्रतिष्पर्धा गर्ने भएका छन् । बिग ब्राकेट्स इस्पोटर््सले च्याम्पियनसिपमा टेक्निकल व्यवस्थापन गर्ने इसानले जनाएको छ ।

    images
    images
    images

    आयोजकले यस प्रतियोगिता आयोजना गर्न ३२ लाख रुपैयाँ लागत खर्च हुने अनुमान गरेको छ । प्रतियोगिताका शिर्ष ६ टोलीले १० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ । संघका अध्यक्ष धमलाले सरकारको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएको कार्यक्रमलाई वैशाखको अन्तिम साता सञ्चालन गर्न लागिएको जानकारी दिए । 

    images
    images
    images

    उनले ई स्पोट्र्सको पब्जी मोबाइल खेललाई समावेश गरेर एसियाली स्तरको प्रतियोगिता आयोजना गर्न लागेको बताए । अध्यक्ष धमलाले भर्चुअल एरिनामा एशियाका उत्कृष्ट गेमरलाई एकतावद्ध गर्न प्रतियोगिता उपयोगी हुने विश्वास व्यक्त गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पब्जी च्याम्पियनसिप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।