Logo

२०८३, श्रावण २७गते


images
images

आर्थिक राजधानी

बुटवललाई आर्थिक राजधानीको रूपमा विकास गरौँ : मुख्यमन्त्री आचार्य

बुटवललाई आर्थिक राजधानीको रूपमा विकास गरौँ : मुख्यमन्त्री आचार्य

images
  • बुटवललाई आर्थिक राजधानीको रूपमा विकास गरौँ : मुख्यमन्त्री आचार्य
    images
    images

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवललाई आर्थिक राजधानीको रूपमा विकास गर्न आवश्यक रहेको बताएका छन् । आईतवार रुपन्देहीको बुटवलमा आयोजित ‘जितगढी विजयी उत्सव–२०८२’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

    images
    images
    images

    मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले बुटवललाई आर्थिक राजधानीको रूपमा विकास गरेर लैजाने सोच र योजना बनाएको भन्दै त्यसलाई अगाडी बढाउन आफूले पहल थालेको बताए । उनले रुपन्देहीको विकासको लागि स्थानीय तहसँग हातेमाले गरेर अगाडी बढ्न प्रदेश सरकार तयार रहेको दाबी समेत गरे ।  

    images
    images
    images

    ‘प्रदेश सरकारले बुटवललाई आर्थिक राजधानीको रूपमा विकास गरेर लैजाने जुन सोच र योजना बनाएको छ, यसलाई अगाडी बढाउनको निम्ति प्रदेश सरकारको तर्फबाट र व्यक्तिगततर्फबाट पनि दिलोज्यान दिएर अगाडी बढ्नेकुरा निवेदन गर्न चाहन्छु ।’ उनले भने, ‘स्थानीय तहसँग हातेमाले गरेर अगाडी बढ्न प्रदेश सरकार तयार छ ।’

    images
    images
    images

    वि.सं. १८७२ वैशाख ७ गते बुटवलको जितगढी किल्लामा कर्नेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अङ्ग्रेज फौजमाथि जित हासिल गरेको थियो । सोही दिनको सम्झनामा जितगढी किल्लामा हरेक वर्षको वैशाख ७ गते जितगढी विजय उत्सव मनाइँदै आइएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आर्थिक राजधानी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।