Logo

२०८३, श्रावण २७गते


images
images

‘जानकी जन्मोत्सव’

‘जानकी जन्मोत्सव’लाई ‘राष्ट्रिय पर्व’ घोषणा गरी देशभर सार्वजनिक बिदा दिन माग

‘जानकी जन्मोत्सव’लाई ‘राष्ट्रिय पर्व’ घोषणा गरी देशभर सार्वजनिक बिदा दिन माग

images
  • ‘जानकी जन्मोत्सव’लाई ‘राष्ट्रिय पर्व’ घोषणा गरी देशभर सार्वजनिक बिदा दिन माग
    images
    images

    काठमाडौं । श्री रामानन्दीय श्री वैष्णव संघ, जनकपुरधामले जानकी जन्मोत्सवलाई राष्ट्रिय पर्व घोषणा गरी सार्वजनिक विदा दिन माग गर्दै प्रमुख जिल्ला अधिकारीको कार्यालय धनुषामा ज्ञापनपत्र बुझाएको छ । आईतवार जानकी मन्दिर जनकपुरधामका महन्त रामरोशन दास वैष्णवसहितको टोलीले जानकी जन्मोत्सवलाई राष्ट्रिय पर्व घोषणा गरी देशभर सार्वजनिक बिदा दिन माग गर्दै ज्ञापन पत्र बुझाएको हो । 

    images
    images
    images

    महन्त वेष्णवले विश्व सम्पदाको सूचीमा रहेको जनकपुरधाममा सीताको जन्मोत्सव मनाइने भएकाले विश्व स्तरमा अलग पहिचान भएको बताए । उनले विश्व समुदायमा नेपालको पहिचान गराउने पर्व सीताको जन्मोत्सव भएको जानकारी दिए । 

    images
    images
    images

    विश्वका सनातनीले मनाउने पर्व भएकाले सीता जन्मोत्सवलाई राष्ट्रिय पर्वको रुपमा स्थापित गर्नुपर्ने उनको भनाइ छ । वेष्णवले यस पटक वैशाख २३ गते परेको पर्वलाई राष्ट्रिय पर्व घोषणा गरी देशभर सार्वजनिक बिदा दिन प्रधानमन्त्री, गृहमन्त्री तथा संस्कृति तथा पर्यटन मन्त्रीसमक्ष ज्ञापनपत्रमार्फत आग्रह गरे ।

    images
    images
    images

    महन्त वैष्णवले जानकी जन्मोत्सवलाई राष्ट्रिय पर्व घोषणा गर्नु मातृशक्तिको सम्मानमा ऐतिहासिक निर्णय हुने बताए । राष्ट्रिय पर्वमा सार्वजनिक बिदा दिने परम्परा भएकाले जानकी जन्मोत्सवमा बिदा दिनु न्यायोचित हुने उनको भनाइ छ । उनले जानकी जन्मोत्सवले राष्ट्रिय एकता तथा देशको पहिचान झल्काएको बताए ।

    महन्त वैष्णवले जनकपुरधाम जनकपुत्री सीता मिथिलाको सभ्यता मात्रै नभइ विश्वभरका सम्पूर्ण हिन्दु सभ्यताको केन्द्रिय श्रद्धास्थल भएको बताएका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ‘जानकी जन्मोत्सव’
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।