Logo

२०८३, श्रावण २७गते


images
images

राप्रपाको प्रदर्शन

काठमाडौंको माईतीघरमा राप्रपाको प्रदर्शन

काठमाडौंको माईतीघरमा राप्रपाको प्रदर्शन

images
  • काठमाडौंको माईतीघरमा राप्रपाको प्रदर्शन
    images
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरेको छ । आईतवार मध्यान्ह राप्रपाका नेता÷कार्यकर्ताहरुले माईतीघरमा भेला भएर व्यवस्था परिवर्तनको माग गर्दै प्रदर्शन गरेका हुन् ।

    images
    images
    images

    उनीहरुले गत वर्षको चैत्र १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र पार्टीका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवलसमशेर जबरालाई निःशर्त रिहा गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । 

    images
    images
    images

    प्रदर्शनकारीले राजा आउ देश बचाउ, हाम्रो राजा, हाम्रो देश, प्राण भन्दा प्यारो छ, लगायत सरकारबिरोधी नाराहरु लगाएका छन् । पार्टीका नेताहरुलाई रिहाइ नगरेको भन्दै राप्रपाले आज निषेधित क्षेत्रमा आन्दोलन गर्ने घोषणा गरे बमोजिम माईतीघर क्षेत्रबाट निषेधित क्षेत्रमा प्रवेश गरी आन्दोलन गर्ने तयारी गरेको थियो । आन्दोलनलाई मध्यनजर गरी सरकारले सुरक्षा व्यवस्था मजबुत बनाएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।