Logo

२०८३, आश्विन १०गते


images
images

राजनीति

राजनीति गर्नेहरुकै कारण देश खत्तम भयो भन्ने भाष्य विकास हुँदै गयो  : मन्त्री राणा

राजनीति गर्नेहरुकै कारण देश खत्तम भयो भन्ने भाष्य विकास हुँदै गयो  : मन्त्री राणा

images
  • राजनीति गर्नेहरुकै कारण देश खत्तम भयो भन्ने भाष्य विकास हुँदै गयो  : मन्त्री राणा
    images
    images

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राजनीति गर्नेहरुकै कारण देश खत्तम भयो भन्ने भाष्य विकास हुँदै गएको बताएकी छन् । बिहिवार सात प्रदेशको चित्र एउटै क्यानभासभित्र पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले राजनीति गर्नेहरुकै कारण मुलुकमा सधैं असहज परिस्थिति बन्ने गरेको तर्क गरिन् । 

    images
    images
    images

    मन्त्री राणाले आफू परराष्ट्रमन्त्री भइसकेपछि विदेश भ्रमणका क्रममा कसैबाट पनि नेपालप्रति नकारात्मक प्रतिक्रिया नपाएको बताइन् । नेपाललाई हेर्ने विश्व समाजको नजर एकदमै सकारात्मक रहेको बताउँदै उनले सही किसिमको राजनीति नभएकै कारण युवाहरु विदेश पलायन हुने र देशभित्र आन्दोलन भइरहने स्थिति आएको बताइन् । 

    images
    images
    images

    ‘किन हाम्रो देशमा सधैं संघर्ष हुन्छ । कहिले सडक आन्दोलन, कहिले धर्ना । किन हामी यसमा समय खर्च गरिरहेका छौं ? यो एउटा गम्भिर प्रश्न बन्दै गएको छ । कहिले काँही लाग्छ कि हामी राजनीति गर्ने मान्छेहरु नै यसको दोषि हो कि ?’ उनले भनिन्, ‘हामी नेपालीलाई हेर्ने दुनियाको नजर एकदमै सकारात्मक छ । हामी देशभित्र बस्नेले चाँही किन नकारात्मक बनाइरहेका छौं ।’ सबैले आफ्नो मुुलुकलाई चिनेर समृद्धिको यात्रामा अघि बढ्न जरुरी रहेको उनको भनाइ छ ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।