काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको कार्यशैलीलाई बदल्नुपर्ने दोहो¥याएका छन् । विहिवार एक अन्तरवार्तामा बोल्दै महामन्त्री शर्माले मौन धारण गरेर सरकार सफल नहुने बताए । सरकार सफल हुने भनेकै कमी, कमजोरी केलाएर हुने भन्दै उनले आफू संलग्न सरकारको सफलताको लागि बोल्नु आफूहरूको कर्तव्य रहेको बताए ।
प्रधानमन्त्रीलाई गाह्रो भएको हो भने प्रधानमन्त्रीकै टिम बनाऔं
काँग्रेस महामन्त्री शर्माले वर्तमान सरकार कायमै रहने भएकोले सरकारको कार्यशैली बदलेर अघि बढ्नुपर्नेमा जोड दिए । प्रधानमन्त्रीलाई काम गर्न गाह्रो परेको भए जो प्रधानमन्त्री उसकै पार्टीको टिम हुनेगरी सहमत हुनुपर्ने उनको प्रश्ताव छ । शर्माले एमालेबाट प्रधानमन्त्री हुँदा खेरी एमालेको टिम र काँग्रेसबाट प्रधानमन्त्री हुने बेलामा काँग्रेस टिम हुनेगरी सहमती गर्नुपर्ने विकल्प प्रश्तुत गरे ।
‘जो प्रधानमन्त्री उसैको टिम । यसमा सहमत होऔँ । काँग्रेसका मन्त्रीहरूका कारण काम गर्न गाह्रो भयो भने प्रधानमन्त्रीलाई भन्नुप¥यो । एमालेको प्रधानमन्त्री हुँदा खेरी एमालेको टिम दिने टोटल । बरु, अरू साना दललाई गाँसौँला, काँग्रेस बाहिरिने । काँग्रेस बाहिरिँदा विपक्षीको बेन्चमा होइन, सत्ता पक्षको बेन्चमा बस्ने, सरकारलाई साथ दिने, कमजोरीप्रति प्रश्न गर्ने ।’ उनले भने, ‘भोली काँग्रेसको प्रधानमन्त्री बन्ने बेलामा काँग्रेसको टिम हुन्छ, एमालेले बाहिर बसेर सरकारलाई सहयोग गर्छ, कमीकमजोरीप्रति प्रश्न गर्छ ।’
शर्माले सबैभन्दा उत्तम विकल्प सरकारको गति बढाउनु नै रहेको जिकिर गरेका छन् । कुनैपनि बहाना बनाएर सरकारको कार्यसम्पादनमा भएको ढिलाइको दोष लगाउन नहुने बताए । उनले पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्तिको जवाफ दिँदै सरकारको आलोचनालाई आक्रमण कम र सरकारको गति रूपान्तरणको लागि बोलिएको रूपमा हेर्न आग्रह गरे ।
उनले काँग्रेस सभापति शेरबहादुर देउवा समेत कामको गति बढाउनुपर्ने पक्षमा रहेको प्रस्ट पार्दै शिक्षकका माग सम्बोधन गर्न, गभर्नर नियुक्ति, एआइजी नियुक्ति लगायतका कामहरूमा अब ढिलाइ गर्न नहुने समेत बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology