काठमाडौँ । सुनको मूल्य तोलाको एक लाख ९० हजार ६०० रुयैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
मंगलवार र बुधवार प्रतितोला एक लाख ८७ हजार रुपैंयामा कारोबार भएको सुन विहिवार तोलामा तीन हजार ६०० रुपैंयाले बढेर एक लाख ९० हजार ६०० रुपैंया पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य तोलाको एक हजार ९६० रुपैंया कायम भएको छ । बुधवारको कारोबारको तुलनामा आज चाँदीको मूल्य तोलामा पाँच रुपैंयाले बढेर एक हजार ९६० कायम भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology