Logo

२०८३, श्रावण २७गते


images
images

क्रिकेट

आईसीसी यू-१९ विश्वकप एसिया छनोट : नेपाल र हङकङ भिड्दै

आईसीसी यू-१९ विश्वकप एसिया छनोट : नेपाल र हङकङ भिड्दै

images
  • आईसीसी यू-१९ विश्वकप एसिया छनोट : नेपाल र हङकङ  भिड्दै
    images
    images

    काठमाडौं । आज काठमाडौँमा जारी आईसीसी यू-१९ विश्वकप एसिया छनोटको तेस्रो खेलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल तल्लो मुलपानी क्रिकेट मैदानमा साढे ९ बजेबाट सुरु हुने तय गरिएको छ।

    images
    images
    images

    नेपालले पहिले खेलेका दुई खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुईवटै खेल जितेको छ। पहिलो खेलमा यूएईमाथि डिएल पद्धतिमा जित हासिल गर्दा, दोस्रो खेलमा नेपालले ओमानलाई सजिलै हरायो।

    images
    images
    images

    त्यस्तै, अफगानिस्तानले पनि दुवै खेल जितेको छ। अफगानिस्तानले पहिलो खेलमा ओमानलाई र दोस्रो खेलमा हङकङलाई फराकिलो जितका साथ पराजित गरेको छ। नेपाल र अफगानिस्तान दुवैले समान २ जित हात पारेका छन्, तर नेट रनरेटमा अफगानिस्तानले नेपाललाई पछाडि पार्दछ।

    images
    images
    images

    आज अफगानिस्तानले यूएईसँग माथिल्लो मुलपानी क्रिकेट मैदानमा खेल्नेछ। यदि नेपाल र अफगानिस्तान दुवै आफ्नो खेल जित्न सफल भए भने, उनीहरू मात्रै शीर्ष स्थानको होडमा बाँकी रहनेछन्। त्यसपछि शनिबार हुने नेपाल र अफगानिस्तानको खेलले विश्वकपको लागि खेल्ने टोलीको टुंगो लगाउने छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।