Logo

२०८३, आश्विन १०गते


images
images

आइपियु

आगामी दिनमा आइपियुमा हैसियतका साथ नेपाल उपस्थित हुनेछ : सभामुख घिमिरे

आगामी दिनमा आइपियुमा हैसियतका साथ नेपाल उपस्थित हुनेछ : सभामुख घिमिरे

images
  • आगामी दिनमा आइपियुमा हैसियतका साथ नेपाल उपस्थित हुनेछ : सभामुख घिमिरे
    images
    images

    काठमाडौं । सभामुख देवराज घिमिरेले आगामी दिनमा नेपालले अन्तर व्यवस्थापिका संघ (आइपियु) मा हैसियतका साथ जानसक्ने उपलब्धि प्राप्त भएको बताएका छन् । मंगलवार सिंहदरबारमा आयोजित अन्तरव्यवस्थापिका संघ (आईपीयु) को १५०औं महासभाबाट नेतृत्व लिएका डा. अञ्जान शाक्य र सोविता गौतमको स्वागत, सम्मान तथा संसदीय मामिला पत्रकारसँगको अनुभव आदानप्रदान कार्यक्रममा बोल्दै घिमिरेले उपलब्धिलाई सम्मान गर्दै आगामी दिनमा नोपालले आफ्नो महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताए । 

    images
    images
    images

    गत वर्षको चैत्र २० गते सभामुख घिमिरेसहितको ९ सदस्यीय टोली अन्तर व्यवस्थापिका संघको १५०औं वार्षिक सभामा भाग लिन उज्वेकिस्तान गएको थियो । उनले अन्तर्राष्ट्रिय महत्वपूर्ण फोरमको कार्यकारी काम गर्ने ठाउँमा नेपाल पुगेको बताउँदै एशिया प्यासिफिकको भएपनि त्यसको भुमिका धेरै महत्वपूर्ण हुने ठाउँमा नेपाल पुगेको दाबी गरे ।   

    images
    images
    images

    ‘अब हामी कमसेकम पनि एउटा अन्तर्राष्ट्रिय महत्वपूर्ण फोरमको कार्यकारी काम गर्ने ठाउँमा पुगेका छौँ । एशिया प्यासिफिकको भएपनि त्यसको भुमिका धेरै महत्वपूर्ण हुन्छ ।’ सभामुख घिमिरेले भने, ‘आगामी दिनमा आइपियुमा अब हामीले अलि हैसियतका साथ अगाडि जाने स्टेप (उपलब्धि) प्राप्ति भएको छ ।’

    images
    images
    images

    सभामुख घिमिरेले यो उपलब्धिलाई नेपालले भरपुर उपयोग गर्नसक्नुपर्ने र आफ्नो नाम विश्वमाझ चिनाउन सक्नुपर्ने उल्लेख गरे ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आइपियु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।