Logo

२०८३, आश्विन ११गते


images
images

क्रिकेट

आईसीसी यू-१९ विश्वकप एसिया छनोट : नेपाल आज ओमानसँग भिड्दै

आईसीसी यू-१९ विश्वकप एसिया छनोट : नेपाल आज ओमानसँग भिड्दै

images
  • आईसीसी यू-१९ विश्वकप एसिया छनोट :  नेपाल आज ओमानसँग भिड्दै
    images
    images

    काठमाडौं । काठमाडौंमा जारी आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै छ। खेल बिहान साढे ९ बजेबाट माथिल्लो मुलपानी मैदानमा सुरु हुने तालिका छ।

    images
    images
    images

    पहिलो खेलमा नेपालले यूएईमाथि डकवर्थ–लुईस (DL) पद्दति अनुसार ५ रनको जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गरिसकेको छ। दोस्रोतर्फ, ओमानले हिजो अफगानिस्तानसँग ८ विकेटको फराकिलो हार खेपिसकेको छ। यसैले आजको खेल ओमानका लागि आत्मविश्वास फिर्ता गर्ने मौका हो भने नेपालले जितको लय कायम राख्ने लक्ष्यसहित मैदानमा उत्रन लागेको छ।

    images
    images
    images

    आजै हुने अर्को खेलमा अफगानिस्तान र हङकङबीच तल्लो मुलपानी मैदानमा प्रतिस्पर्धा हुनेछ।

    images
    images
    images

    छनोट प्रतियोगितामा नेपाल, अफगानिस्तान, यूएई, ओमान र हङकङ सहभागी छन्। यीमध्ये शीर्ष स्थानमा रहने टिमले आगामी वर्ष हुने यू-१९ विश्वकपमा स्थान बनाउनेछ। त्यसैले प्रत्येक खेल निर्णायक बन्दै गएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।