Logo

२०८३, आश्विन ११गते


images
images

खेलकुद

विश्वकप यु–१९ एशिया छनोटमा नेपालको सुखद् शुरुवात

विश्वकप यु–१९ एशिया छनोटमा नेपालको सुखद् शुरुवात

images
  • विश्वकप यु–१९ एशिया छनोटमा नेपालको सुखद् शुरुवात
    images
    images

    काठमाडौं । मुलपानी मैदानमा भएको यु–१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले युएईलाई हराउँदै सुखद् सुरुवात गरेको छ। खराब प्रकाश र वर्षाका कारण छोटिएको खेल डिएल मेथडमार्फत नेपालले ५ रनले जितेको हो।

    images
    images
    images

    आईतवारको खेल टस ढिलाइसँगै ४० ओभरमा झरिएको थियो। पहिलो ब्याटिङ गरेको नेपालले ९ विकेट गुमाएर दुई सय रन बनायो। कप्तान नरेन भट्टले ७५ बलमा ७ चौकासहित ६७ रन बनाए। दिलसद अली, शहिल पटेल, नीरज यादव र अशोक धामीले उपयोगी योगदान गरे। युएईका युदिश सुरीले तीन विकेट लिए।

    images
    images
    images

    लक्ष्य पछ्याउने क्रममा युएईले ३६औं ओभरसम्म १७१/७ बनाएको थियो। वर्षाले खेल रोकिएको बेला डिएल मेथडअनुसार नेपाल अगाडि थियो। अम्पायरले खेल रोक्ने निर्णय लिएपछि युएईका खेलाडीले असन्तोष व्यक्त गरे। लामो पर्खाइपछि पनि खेल पुनः सुरु नहुँदा नेपाल विजयी घोषित भयो।

    images
    images
    images

    युएईका किरण राईले ९६ बलमा ८ चौका र ५ छक्का सहित शतक बनाए। तर, उनी जित दिलाउन सकेनन्। अन्तिम २४ बलमा ३० रन चाहिएको अवस्थामा उनी र उदीश क्रिजमा थिए। तीन विकेट बाँकी थियो। ती क्षणमा खेल पुनः सुरु भएको भए नतिजा कुनै पनि तर्फ जान सक्थ्यो। युएईको इनिङमा मोहमद रायन खानसँग किरणले चौथो विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए। तर, अरू ब्याटरले दोहोरो अंक पार गर्न सकेनन्।

    नेपालका बलरमध्ये सन्तोष यादव र अशोक धामीले दुई/दुई विकेट लिए। अभिषेक तिवारी र नरेन भट्टले एक/एक विकेट लिए।

    यो जितसँगै नेपालले टेस्ट टोली अफगानिस्तान, युएई, ओमान र हङकङ सम्मिलित समूहबाट विश्वकप यात्राको ढोका खोल्ने संकेत दिएको छ। अफगानिस्तानले पनि ओमानमाथि ८ विकेटको जित दर्ता गर्दै शुरुवातमा प्रभाव जमाएको छ। छनोट विजेताले सन् २०२६ मा जिम्बाब्वे र नामिबियामा हुने यु–१९ विश्वकप खेल्नेछ।

    नेपालको दोस्रो खेल सोमवार ओमानसँग हुनेछ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।