Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

हत्याको त कुरै छोड्नुस्, मैले एक जनालाई पिटेको समेत छैन : माओवादी अध्यक्ष दाहाल

हत्याको त कुरै छोड्नुस्, मैले एक जनालाई पिटेको समेत छैन : माओवादी अध्यक्ष दाहाल

images
  • हत्याको त कुरै छोड्नुस्, मैले एक जनालाई पिटेको समेत छैन : माओवादी अध्यक्ष दाहाल
    images
    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले इतिहासलाई पछाडितिर धकेल्न चाहनेहरुले १७ हजारको हत्यारा आफूलाई भनिरहँदा पार्टी निकट नेता÷कार्यकर्ताहरुले प्रतिवाद नगरेको भन्दै असन्तुष्टि जनाएका छन् । 

    images
    images
    images

    शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै दाहालले १७ हजार मानिसहरु युद्धको नियमानुसार मारिएको बताए । उनले त्यसबेला राज्य पक्षले कति र विद्रोही पक्ष (तत्कालिन माओवादी) ले कति हत्या ग¥यो भन्नेकुरा अध्ययन गर्न सकिने उल्लेख गरे । बिना अध्ययन आफूमाथि आरोप लगाइएको भन्दै दाहालले आपत्ति जनाएका छन् । 

    images
    images
    images

    १७ हजार मानिस प्र्रचण्डले मारेको भन्ने आरोपको खण्डन गर्दै उनले आफूले अहिलेसम्म एक जनालाई पनि नपिटेको बताए । उनले तत्कालीन युद्धको नेतृत्व आफूले गरेको र शान्तिमा आएपछि सम्पूर्ण कुराको जिम्मा लिएको जिकिर गरे । 

    images
    images
    images

    ‘इतिहासलाई पछाडितिर धकेल्न चाहने एकथरी मानिसहरुले १७ हजारको हत्यारा भनिरहँदा होइन, यो त युद्धको नियमअनुसार युद्धमा भएको कुरा हो । राज्य पक्षले कति मा¥यो, विद्रोहीले कति के ग¥यो भन्नेकुरा त अध्ययन गर्न सकिन्छ, अनुसन्धान गर्न सकिन्छ । तर के यो आरोप सत्य हो त ?’ उनले भने, ‘१७ हजार माओवादीले, अझ प्रचण्डले मारेको हो भन्ने । मैले आज सम्म एक जनालाई पिटेको पनि छैन ।’ 

    अध्यक्ष दाहालले सबै नेताहरु उस्तै हुन् भन्ने भाष्य बनाइएको भन्दै आपत्ति जनाए । लोकतन्त्रलाई नेतातन्त्र भनेकोप्रति पनि उनको असन्तुष्टि छ । उनले यसको फाइदा निरंकुश र तानाशाहीलाई भइरहेको बताएका छन् ।

    अध्यक्ष दाहालले यौनजन्य हिंसामा परेका हजारौँ पीडित महिलाहरुलाई अगाडि ल्याउन कोही न कोहीले जोखिम उठाउनुपर्ने बताउँदै द्धन्द्धकालमा यौनजन्य हिंसामा राज्य पक्ष र विद्रोही पक्ष कति जिम्मेवार छ भन्नेकुरा भन्न डराउन नहुने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माओवादी अध्यक्ष
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।