Logo

२०८३, श्रावण २७गते


images
images

आर्थिक

काठमाडौं । सामान्य अपराधमा व्यवसायीलाई जेल नपठाउन सरकारलाई उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझाव

काठमाडौं । सामान्य अपराधमा व्यवसायीलाई जेल नपठाउन सरकारलाई उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझाव

images
  • काठमाडौं । सामान्य अपराधमा व्यवसायीलाई जेल नपठाउन सरकारलाई उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझाव
    images
    images

    काडमाडौं । सामान्य अपराधमा व्यवसायीलाई जेल पठाउँदा आर्थिक बिस्तारमा ठूलो असर परेको भन्दै त्यसो नगर्न सरकारलाई उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सुझाएको छ ।  पूर्वअर्थसचिव रामेश्वर खनाल नेतृत्वको उक्त आयोगले शुक्रवार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आफ्नो पूर्ण प्रतिवेदन बुझाउँदै आर्थिक गतिविधि रोकिने खालका कुनैपनि गतिविधि नगर्न सरकारलाई भनेको हो । 

    images
    images
    images

    आयोगका अध्यक्ष रामेश्वर खनालले सामान्य अपराधमा व्यवसायीलाई थुन्ने, जेल पठाउने गर्दा उद्योगका साथै सिंगो अर्थतन्त्रमा असर परेको बताउँदै त्यसो नगर्न आोगले सुझाव दिएको बताए ।‘मुलुभुत रुपमा सरकारले सहजकारी भुमिका खेल्नुपर्छ । नियन्त्रण धेरै भयो भने आर्थिक बिस्तार धेरै हुँदैन ।’ उनले भने, ‘व्यवसायीक स्वतन्त्रता, आर्थिक स्वतन्त्रतालाई सरकारले निर्वाध रुपमा दिनुपर्छ । नियन्त्रणलाई सरकारले कम गरेर जानुपर्छ ।’
    खनालका अनुसार अर्थशास्त्रीय भाषामा अहिले अर्थतन्त्रमा देखिएको समस्या भनेको समष्टिगत माग कमजोर भएर गएर हो । मान्छेको खर्च गर्ने क्षमता कमजोर भएर गयो । व्यवसायीहरुले पनि लगानी गर्न खोजेनन् । लगानीका लागि पनि माग कमजोर भएका कारण अर्थतन्त्र सुस्त भएर गयो भन्ने रहेको तर यथार्थ सबै अवस्थाको विश्लेषण गर्दा आयोगले समस्या माग पक्षबाट मात्रै नभई आपूर्ति पक्षबाट पनि रहेको देखिएको खनालले बताए ।

    images
    images
    images

    आयोगले मागपक्षीय नीतिहरु र आपूर्ति पक्षीय नीतिहरु पनि सुधार गर्न सरकारलाई भनेको छ । सार्वजनिक वित्तको क्षेत्रमा डिल्लीराज खनाल नेतृत्वको सार्वजनिक खर्च पुनरावलोकन आयोगका सुझावहरु अहिले पनि कार्यान्वयन भएका छैनन् त्यहाँ औंल्याइएका मुद्दाहरुलाई समेत सम्बोधन गर्न सरकारलाई रामेश्वर खनाल नेतृत्वको आयोगले भनेको छ भने विद्याधर मल्लिकको नेतृत्वमा बनेको उच्चस्तरीय कर प्रणाली सुधार समितिले कर पक्षको नीतिगत र प्रशासनिक पक्ष दुवैमा सुधारका लागि दिएका सुझावहरु कार्यान्वयन गर्न भनेको छ ।  

    images
    images
    images

    आयोगले अब खुल्ला दृष्टिकोण लिएर हिड्न समेत सरकारलाई भनेको छ । अन्तर्राष्ट्रिय हिसावले लाभ लिनका लागि अहिलेसम्म नगरेका कतिपय कामहरु समेत गर्न समेत भनेको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आर्थिक सुधार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।