Logo

२०८३, श्रावण २७गते


images
images

देवदह प्रहरीको रात्रीकालिन चेकिङ्ग : मोटरसाइकल सहित चोरीका सामाग्री बरामद

देवदह प्रहरीको रात्रीकालिन चेकिङ्ग : मोटरसाइकल सहित चोरीका सामाग्री बरामद

images
  • देवदह प्रहरीको रात्रीकालिन चेकिङ्ग : मोटरसाइकल सहित चोरीका सामाग्री बरामद
    images
    images

    देवदह । देवदह प्रहरीले १ थान मोटरसाइकल सहित चोरीका सामग्री बरामद गरेको छ । गएराति गस्तीको क्रममा देवदह नगरपालिका वडा नम्बर ४ भवानीपुर, सिसपुर क्षेत्रबाट मोटरसाइकल सहित चोरीका सामग्री बरामद गरेको देवदह प्रहरी चौकीका प्रमुख एक्क बहादुर नेपालीले जानकारी दिए ।

    images
    images
    images

    शुक्रवार बिहान पौने २ बजेको समयमा स्थानीय सृष्टि सामुदायिक वनको कार्यालय नजिकै प्रहरी चौकी खैरेनीको गस्ती टोलिले शंकास्पद ठानि चेकजाँच गर्न खोज्दा लु ५० प ९९१९ नम्बरको स्पेलेण्डर मोटरसाइकल सहित सामान छाडेर चालक भागेका हुन् । २ वटा मोटरसाइकलमा आएका ४ जना मध्ये एउटा मोटरसाइकल परैबाट भागेको र स्पेलेण्डर चालकको लेग गार्डमा रहेको सामान गरुंगो भएकाले मोटरसाईकल पल्टिएपछि उनीहरु सामान र मोटरसाईकल छाडेर भागेको प्रहरीले जनाएको छ । 

    images
    images
    images

    सो क्रममा प्रहरीले मोटरसाईकल सहित चोरी कार्यमा प्रयोग हुने सामाग्री रिञ्ची १४ थान, पिलास १ थान, ठूलो कटर १ थान, रड १ थान, पेचकस २ थान, र अन्दाजी ५० केजि बिजुलीको ट्रान्सर्फमरमा प्रयोग हुने तामाको तार बरामद गरेको छ ।

    images
    images
    images

    चोरीमा संलग्नको खोजी कार्य भैरहेको र मोटरसाइकल धनी पत्ता लगाई आवश्यक अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय बुटवल पठाइने खैरेनी प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक नेपालीले जानकारी दिए । केहिदिन अघि देवदह प्रहरीले हाईवे चेकजाँच गर्ने क्रममा समेत ना ३५ प ७२९५ नम्बरको बुलेट मोटरसाईकल छाडेर चालक फरार भएको जनाईएको छ । उक्त मोटरसाईकल बारे छानविन भईरहेको प्रहरीले जनाएको छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।