Logo

२०८३, श्रावण २७गते


images
images

दुर्गा प्रसाईंलाई प्रहरीले झापा ल्यायो, विमानमार्फत आजै काठमाडौं ल्याइने

दुर्गा प्रसाईंलाई प्रहरीले झापा ल्यायो, विमानमार्फत आजै काठमाडौं ल्याइने

images
  • दुर्गा प्रसाईंलाई प्रहरीले झापा ल्यायो, विमानमार्फत आजै काठमाडौं ल्याइने
    images
    images

    काठमाडौं । भारतमा पक्राउ परेका दुर्गा प्रसाईंलाई झापा ल्याईएको छ ।  प्रहरीको विशेष टोलीले काँकडभिट्टा नाकाबाट प्रसाईंलाई नेपाल भित्राएको हो ।

    images
    images
    images

    उनलाई भद्रपुर विमानस्थल लगिने र विमानमार्फत काठमाडौं ल्याइने प्रहरी उच्च स्रोतले जनाएको छ । भारतीय क्षेत्रबाट झापा ल्याउन्जेल उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्कर्टिङ गरेका थिए ।

    images
    images
    images

    प्रसाईंलाई ल्याउँदै गर्दा काँकडभिट्टा नाकामा सुरक्षाकर्मीहरुको उपस्थिती बढाइएको थियो । उनका आफन्त र केही समर्थकहरु पनि त्यहाँ भेला भएका थिए । प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो । भारतको आसाम राज्यमा बिहिवार पक्राउ परेका प्रसाईंलाई शुक्रवार काठमाडौं ल्याउन लागिएको हो ।

    images
    images
    images

    राजसंस्था पुनस्र्थापनाका लागि भन्दै संयुक्त जनआन्दोलन परिचालन समितिले तीनकुनेमा चैत १५ गते गरेको प्रदर्शनको मुख्य कमाण्डर दुर्गा प्रसाईं थिए । सो प्रदर्शनले हिंसात्मक रुप लिँदा दुई जनाको मृत्यु भएको थियो भने निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो ।

    त्यसपछि प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं फरार भएका थिए । त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो । यसबीचमा प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू फरार नरहेको र नेपालमै रहेको बताउँदै आएका थिए ।

    प्रहरीले विभिन्न नाकामा टोली परिचालन गरेर खोजी गरिरहेका बेला उनी आफ्ना सहयोगीसहित भक्तपुर, सिन्धुली हुँदै विर्तामोडस्थित विएण्डसी मेडिकल कलेजमा पुगेको खुलेको थियो । त्यहाँबाट भागेर उनी भारत पसेका थिए । प्रसाईंलाई काठमाडौं ल्याएर संगठित अपराध, राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव लगायतका अभियोगमा अनुसन्धान गर्ने प्रहरीको तयारी छ । 
       

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।