Logo

२०८३, श्रावण २७गते


images
images

जलवायु संरक्षण

जलवायु संरक्षणको लागि सहकार्य गरौं : नगरप्रमुख खरेल

जलवायु संरक्षणको लागि सहकार्य गरौं : नगरप्रमुख खरेल

images
  • जलवायु संरक्षणको लागि सहकार्य गरौं : नगरप्रमुख खरेल
    images
    images

    देवदह । देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेलले जलवायु संरक्षणको लागि सबैले सहकार्य गर्नुपर्ने बताएका छन् । जलवायु परिवर्तनले मानवीय क्षेत्रमा प्रतिकुल असर पार्ने हुँदा त्यस प्रति सचेत र सजग हुँदै यसको संरक्षणमा लाग्नुपर्ने उनले बताए ।

    images
    images
    images

    निर्माण बहुउद्धेश्यीय सहकारी संस्था देवदहले आयोजना गरेको जलवायु अनुकुलतामा सहभागिता सम्वन्धी सचेतना कार्यक्रममा बोल्दै खरेलले जलवायु परिवर्तनले विश्वलाई असर गरेको भन्दै जलवायु सम्वन्धी सचेतना जगाउन आवश्यक रहेकोमा जोड दिए । ‘जलवायु प्रदूषण रोक्नको लागि घरबाट निस्कने फोहोरलाई बर्गिकरण गर्न आवश्यक छ । त्यसको लागि नागरिकले फोहोर बर्गीकरण गरेर सहयोग गर्नुपर्छ ।’ नगरप्रमुख खरेलले भने, ‘जलवायु प्रदूषण रोक्नको लागि गरी मुख्यगरी सामुदायिक वनहरुको भुमिका महत्वपूर्ण हुन्छ ।’ 

    images
    images
    images

    कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नं ९ का अध्यक्ष मोहन बहादुर जिसीले वन डढेलोका कारण कार्वन डाइअक्साईड उत्पादन हुने र त्यसले जलवायुमा असर पुर्याउने भएकाले यसप्रति सचेत हुन आवश्यक रहेको बताए । दिनप्रतिदिन पृथ्वीको तापक्रम बढ्दै गएको उल्लेख गर्दै उनले वन तथा प्राकृतिक सम्पदाको संरक्षणमा ध्यान नदिए मानव जातिले प्राकृतिक विपत्तिको सामना गर्नुपर्ने उल्लेख गरे । 

    images
    images
    images

    राष्ट्रिय सहकारी महासंघका संचालक टिका गौतमले जलवायु संरक्षणको लागि वन जंगलमा वृक्षरोपण गर्न आवश्यक रहेको बताउँदै सहकारी र सामाजिक संघसंस्थाहरुले समेत त्यसमा सहयोग र सहकार्य गर्नुपर्ने बताईन् । उनले हरेक घरमा करेसावारी र फलफुलका विरुवा अनिवार्य लगाउनुपर्ने भन्दै सहकारीहरुले यसलाई अभियानका रुपमा सञ्चालन गरिरहेको जानकारी दिइन् । 

    कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहीका सदस्य प्रमोद खनाल, सहकारी सञ्जाल देवदहका सचिव गोविन्द ठडराई, सन्दिप आधारभूत विद्यालयका प्रधानाध्यापक दुर्गालाल तिवारी, प्रगति सामुदायिक वनका अध्यक्ष दुर्गबहादुर राना लगायतले मन्तब्य राखेका थिए । सहकारी संस्थाद्धारा प्रकाशित २०८२ सालको भित्तेपात्रो समेत विमोचन गरिएको कार्यक्रममा सहकारी अभियन्ता सन्दिप सापकोटाले जलवायुका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । 

    संस्थाका अध्यक्ष मोतीलाल ढकालको अध्यक्षता र व्यवस्थापक सुशिला भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा सहकारीका पदाधिकारी, सदस्य, सामुदायिक वनका पदाधिकारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।