Logo

२०८३, आश्विन ११गते


images
images

भन्सार सुधारका एजेन्डासहित काठमाडौंमा नेपाल–भारत उच्चस्तरीय बैठक

भन्सार सुधारका एजेन्डासहित काठमाडौंमा नेपाल–भारत उच्चस्तरीय बैठक

images
  • भन्सार सुधारका एजेन्डासहित काठमाडौंमा नेपाल–भारत उच्चस्तरीय बैठक
    images
    images

    काठमाडौं । काठमाडौंमा नेपाल र भारतका भन्सार अधिकारीहरूको दुई दिने बैठक सुरु भएको छ। बैठक दुई देशबीचको वैदेशिक व्यापारलाई थप सहज बनाउने, अवैध कारोबार तथा राजश्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले आयोजना गरिएको जनाइएको छ।

    images
    images
    images

    बैठकमा नेपालका भन्सार विभागका निर्देशक नारायणप्रसाद रेग्मीले दुई देशबीच निर्यातसम्बन्धी प्रारम्भिक सूचना अग्रिमरूपमा आदान–प्रदान गर्न सकिने विषयमा छलफल हुने बताएका छन्। त्यस्तै, तेस्रो मुलुकसँगको व्यापारमा प्रयोग हुने मालबाहक कन्टेनरहरूमा विद्युतीय कार्गो ट्र्याकिङ प्रणाली लागू गर्ने, सीमा नाकामा क्वारेन्टाइन र गुणस्तर परीक्षण प्रणाली सुदृढ गर्नेजस्ता विषयहरू बैठकको प्रमुख एजेन्डा हुन्।

    images
    images
    images

    नेपालले लागू गरिरहेको ‘राष्ट्रिय एकद्वार प्रणाली’ (National Single Window) मार्फत जारी हुने उत्पत्तिको प्रमाणपत्रलाई भारतले मान्यता दिनुपर्ने विषय बैठकमा उठाइएको छ। साथै, भैरहवा र चाँदनी–दोधारामा निर्माणाधीन एकीकृत जाँच विन्दुहरू तोकिएको समयमा सम्पन्न गर्नुपर्ने र नेपाली उत्पादन भारत निर्यात गर्दा भारतले तोकेको गुणस्तर प्रमाणीकरण प्रक्रियालाई थप सहज बनाउने विषयमा पनि छलफल हुँदैछ।

    images
    images
    images

    बैठकको नेपाली पक्षको नेतृत्व भन्सार विभागका महानिर्देशक महेश भट्टराईले गरेका छन् भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व राजश्व इन्केलिजेन्स निर्देशनालयका महानिर्देशक अभय कुमार श्रीवास्तवले गरेका छन्।

    नेपालको टोलीमा अर्थ, परराष्ट्र, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु तथा वनस्पति क्वारेन्टाइन विभागका उच्च अधिकारीहरू छन्। भारतको प्रतिनिधिमण्डलमा लखनउ क्षेत्रीय इकाईका सहायक महानिर्देशक, नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव, कलकत्ता, पटना र लखनउका भन्सार प्रमुखहरूको सहभागिता छ।

    बैठक चैत्र २९ गतेसम्म सञ्चालन हुनेछ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।