मेष (Aries)
आज कार्यक्षेत्रमा प्रतीक्षा गर्दा उत्साहजनक परिणाम प्राप्त हुनेछ । अध्ययन तथा अध्यापनमा गुरुहरूको सहयोग मिल्नेछ । सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। नयाँ योजनाहरू बनाउन सकिने समय हो। तर, व्यावसायिक क्षेत्रमा धैर्य अपनाउनु उचित हुनेछ। साथीभाइबाट सहयोग प्राप्त हुनेछ ।
शुभ अंक: २
शुभ रंग: गुलाबी
वृष (Taurus)
बचन दिने बानीले अप्ठ्यारो परिस्थिति उत्पन्न हुन सक्छ। फजुल खर्च गर्नबाट बच्नुहोस् । व्यापार व्यवसायमा लाभ प्राप्त हुनेछ । माताको स्वास्थ्यलाई लिएर चिन्ता रहन सक्छ । मनमा केही असन्तोष उत्पन्न हुन सक्छ। पारिवारिक जिम्मेवारी बढ्न सक्छ। आर्थिक क्षेत्र सामान्य रहनेछ। स्वास्थ्यतर्फ ध्यान दिनु आवश्यक छ ।
शुभ अंक: ४
शुभ रंग: सेतो
मिथुन (Gemini)
मनमा नयाँ विचारहरू उत्पन्न हुनेछन् । भविष्यलाई लिएर योजना बनाउन सकिनेछ। संगीत तथा कलाको क्षेत्रमा विशेष सफलता मिल्नेछ । सामाजिक क्षेत्रमा नाम र प्रतिष्ठा बढ्नेछ। रोकिएका कामहरू अघि बढ्नेछन्। तर, भावनामा बगेर निर्णय लिनु हानिकारक हुन सक्छ ।
शुभ अंक: २
शुभ रंग: सेतो
कर्कट (Cancer)
आजको दिन राम्रो रहनेछ । नोकरी वा पेशामा समयमा कार्य सम्पादन हुनाले मन प्रसन्न रहनेछ । साँझको समय आफन्तहरूसँग रमाइलो समय बित्नेछ । पारिवारिक सुखमा कमी देखिन सक्छ । नजिकको व्यक्तिसँग मनमुटाव हुन सक्छ। आर्थिक लेनदेन गर्दा सतर्कता अपनाउनुहोस् ।
शुभ अंक: ६
शुभ रंग: हल्का पहेँलो
सिंह (Leo)
आज भाग्यले साथ दिनेछ । भाइबहिनीहरूसँग समय बित्नेछ। बच्चाहरूको समय खेलकुदमा बित्न सक्छ । सरकारी नोकरीमा अधिकारी वर्गहरूबाट आश्वासन पाइनेछ। तपाईंको उत्साह र जोश उच्च रहनेछ। काममा सफलता मिल्नेछ। अध्ययन तथा नयाँ ज्ञानप्रति आकर्षण बढ्नेछ ।
शुभ अंक: ७
शुभ रंग: नीलो
कन्या (Virgo)
अरूलाई सल्लाह दिनबाट बच्नुहोस् । स्वास्थ्यलाई लिएर सजग रहनुहोस्। कार्यक्षेत्र वा व्यापार व्यवसाय दुवैतिर आफ्नो कुरा राख्दा सही भाषाको चयन गर्नुहोस् । स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ। बोलीमा संयमता राख्नुहोस्। घरपरिवारको वातावरण शान्त बनाउन प्रयास गर्नु उचित हुनेछ ।
शुभ अंक: ६
शुभ रंग: हरियो
तुला (Libra)
सामाजिक कार्यक्रममा उल्झेर समयमा कार्य सम्पादन नहुन सक्छ । कार्यक्षेत्रमा योजनाबद्ध तरिकाले अगाडि बढ्दा सफलता मिल्नेछ । मनमा सन्तोषको अनुभूति हुनेछ । प्रेमसम्बन्धमा सुधार आउने संकेत छ । नयाँ कामको सुरुवात गर्न शुभ समय छ ।
शुभ अंक: ८
शुभ रंग: सेतो
वृश्चिक (Scorpio)
आफन्तजनहरूको भेटघाटले मन प्रसन्न रहनेछ। धर्मकर्ममा मन जानेछ । परिवार र मित्रजनबाट प्रेम वा साथ पाइनेछ। छोटो रमाइलो यात्राको योग छ । कर्मक्षेत्रमा व्यस्तता बढ्नेछ । मेहनत गरेअनुरूप सफलता प्राप्त हुनेछ । तर, आत्मविश्वासको कमी नहोस् भनेर ध्यान दिनुहोस् ।
शुभ अंक: ८
शुभ रंग: सुन्तला
धनु (Sagittarius)
धन आर्जनका लागि नयाँ बाटाहरू खुल्नेछन् । विश्वास गरेका मित्रजनहरूबाट सजग रहनुहोस् । मनमा अज्ञात भय रहनेछ । धार्मिक र आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ। अध्ययन–अध्यापनमा सफलता मिल्ने सम्भावना छ । टाढाको यात्रा लाभदायी बन्न सक्छ ।
शुभ अंक: ४
शुभ रंग: नीलो
मकर (Capricorn)
व्यापार व्यवसायमा साझेदारसँग तालमेलमा कमी आउन सक्छ, सावधान रहनुहोस् । यात्रा गर्दा सजग रहनुहोस् । बोलीको विपरीत अर्थ लाग्न सक्छ । आर्थिक पक्ष कमजोर देखिन सक्छ । पुराना ऋण वा दायित्वले सताउन सक्छ। तर, पारिवारिक साथ सहयोग मिल्नेछ ।
शुभ अंक: ९
शुभ रंग: खैरो
कुम्भ (Aquarius)
मेहनतले जीवनशैलीमा परिवर्तन आउनेछ। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ । राजनीतिक क्षेत्रबाट लाभ मिल्नेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । दाम्पत्य सम्बन्धमा केही चिसोपन आउन सक्छ । तर, आत्मचिन्तन र समझदारीले समस्या समाधान गर्न सकिन्छ । साझेदारीका काममा सतर्कता आवश्यक छ ।
शुभ अंक: ७
शुभ रंग: गाढा नीलो
मीन (Pisces)
कार्यक्षेत्रमा सफलताको लागि संघर्ष गर्नुपर्ला। आकस्मिक स्वास्थ्य समस्याले खर्च बढ्न सक्छ । सामाजिक कार्यमा उल्झेर घरपरिवारलाई समय दिन नसकिएला। काममा व्यस्तता बढ्नेछ, तर त्यसअनुसार फल पनि प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार आउने संकेत छ । मित्रसँगको भेटघाट रमाइलो हुनेछ ।
शुभ अंक: ६
शुभ रंग: केसरी
नोट : राशिफल ग्रहहरूको गणना र ज्योतिषीय आधारमा दिनभरिका सम्भाव्य घटनाको संकेत मात्र हो । त्यसैले आफूले गर्ने मेहनत, सोच र निर्णय नै सबैभन्दा निर्णायक र महत्वपूर्ण हुन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology