Logo

२०८३, श्रावण २७गते


images
images

देवदहमा जेसिजको एरिया डी प्रेसिडेन्ट मिट हुने, पर्यटन प्रवर्द्धन र उद्यमशीलता मुख्य एजेण्डा

देवदहमा जेसिजको एरिया डी प्रेसिडेन्ट मिट हुने, पर्यटन प्रवर्द्धन र उद्यमशीलता मुख्य एजेण्डा

images
  • देवदहमा जेसिजको एरिया डी प्रेसिडेन्ट मिट हुने, पर्यटन प्रवर्द्धन र उद्यमशीलता  मुख्य एजेण्डा
    images
    images

    देवदह । नेपाल जेसिजको ‘एरिया डी प्रेसिडेन्ट मिट–२०२५’ देवदहमा हुने भएको छ । देवदहको ऐतिहासिक, सांस्कृतिक र पर्यटन महत्वलाई उजागर गर्न र युवालाई व्यवसायिक तथा नेतृत्व विकासतर्फ आकर्षित गर्न एरिया डी प्रेसिडेन्ट मिट देवदहमा आयोजना गरिएको  जनाइएको छ ।

    images
    images
    images

    नेपाल जेसिजका प्रमुख सल्लाहकारसमेत रहेका देवदह जेसिजका संस्थापक अध्यक्ष विजय गुरुङले देवदहको समृद्धि र उद्यमशीलता दुबै एजेन्डालाईसंगै अघि बढाउने संकल्पसहित कार्यक्रमको तयारी गरिरहेको बताए । 'यो ऐतिहासिक अवसर हो, यसले देवदहको आवाज देशव्यापी बनाउनेछ' उनले भने । 

    images
    images
    images

    देवदहको गरिमा र गौतम बुद्धको जीवनसँग जोडिएको ऐतिहासिक गाथालाई केन्द्रमा राख्दै कार्यक्रम अगाडि सारिएको देवदह जेसिजका अध्यक्ष दीपक अधिकारीले जानकारी दिए । अध्यक्ष अधिकारीले पर्यटन प्रवर्धन र युवा उद्यमशीलतालाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गरिएको बताए ।  

    images
    images
    images

     'जेसिज १८ देखि ४० वर्ष उमेर समूहका युवाको सक्रिय सहभागिताबाट स्थापित संस्था हो, यसले सामाजिक रुपान्तरण र चेतनाको अभियानमा निरन्तर सक्रियता देखाउँदै आएको छ ।' उनले भने, 'अब युवा उद्यमशीलतालाई प्राथमिकतामा राख्न जरुरी छ ।'

    प्रेस मिटमा बोल्दै जेसिजका एरिया डि निर्देशक सुरेन्द्र अधिकारीले चैत्र २९ र ३० गते दुईदिनसम्म हुने कार्यक्रममा ५८ वटा शाखाका अध्यक्षहरुको सहभागिता हुने बताए । पहिलो दिन कलाकार प्रदिप रोदन सहितका कलाकारहरुको उपस्थितिमा गजल साँझ हुने र दोस्रो दिन बिहान देवदहका पर्यटकीय स्थलको भ्रमण गर्ने कार्यक्रम राखिएको बताए। एरिया मिटमा सृजनशील युवा उद्यमबारे छलफल हुने जनाइएको छ ।  

    प्रेस मिटमा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखसहित जेसिजका विभिन्न शाखाका अध्यक्ष र पदाधिकारीको उपस्थिति रहेको थियो ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जेसिस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।