काठमाडौँ, पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सवारी भाडा नबढेकाे भन्दै सार्वजनिक बस व्यवसायीहरु हड्तालमा उत्रिएका छन् ।
पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै उनीहरु हड्तालमा उत्रेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दियो । भाडा बढाउनुपर्ने माग गर्दै व्यवसायीहरु हड्तालमा उत्रेका छन् । व्यवसायीहरुले रिङ्गरोड बाहिर सबैतिर जाम गरेका छन् ।
चाबहिलसम्म सिटी, पाँचपोखरी, बाबा गोकर्णेश्वर, बाबा महासागरलगायत बस व्यवसायी आन्दोलनमा छन् ।
तेलको मूल्य ८० रुपियाँबाट ११३ पुग्दा पनि १५ रुपियाँ भाडा कायम रहेकाले आन्दोलन गर्नुपर्ने अवस्था आएको बस व्यवसायीहरुको भनाइ छ । बस व्यवसायी हड्तालमा उत्रिएपछि अहिले चक्रपथ, भक्तपुर चल्ने बसहरु ठप्प छ ।
बस ठप्प भएपछि यात्रुहरु अलपत्र परेका छन् ।।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology