Logo

२०८३, श्रावण २७गते


images
images

सहकारी चोरी

कोलिय देवदह सहकारीको घोडाहा सेवा केन्द्रमा चोरी, भल्ट फोरेर ८ लाख ४३ हजार लुटियो

कोलिय देवदह सहकारीको घोडाहा सेवा केन्द्रमा चोरी, भल्ट फोरेर ८ लाख ४३ हजार लुटियो

सिसिटिभी क्यामराको हार्डडिस्क समेत चोरीयो
images
  • कोलिय देवदह सहकारीको घोडाहा सेवा केन्द्रमा चोरी, भल्ट फोरेर ८ लाख ४३ हजार लुटियो
    images
    images

    देवदह । कोलिय देवदह बचत तथा सहकारी संस्थाको घोडाहा सेवा केन्द्रमा चोरी भएको छ। गतराती सहकारीको झ्याल तोडेर कार्यालय प्रवेश गरी ८ लाख ४३ हजार नगद सहित सहकारीको सिसिटिभी क्यामराको हार्डडिस्क समेत चोरी भएको हो। 

    images
    images
    images

    "सहकारीको झ्याल फोडेर कार्यालय प्रवेश गरी भल्टमा राखिएको ८ लाख ४३ हजार ७८९ रुपैयाँ चोरी भएको छ ।" सहकारीका मुख्य व्यवस्थापक विनोद पराजुलीले भने, "घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।"

    images
    images
    images

    उनले भल्टमा राखिएको १० लाख रुपैयाँसम्मको इन्सुरेन्स समेत गरिएको हुनाले इन्सुरेन्सको प्रक्रिया पनि अघि बढाइने बताए । 

    images
    images
    images

    घटनाबारे कुरा गर्दै देवदह प्रहरी चौकीका इन्चार्ज एक्कबहादुर नेपालीले सहकारीको भल्ट नै फोडेर ठुलो नगद राशी चोरी हुनु गम्भीर घटना भएको बताए । "हामीले केही व्यक्तिको लोकेशन र कल रेकर्ड समेत अध्ययन गर्छौं। वरीपरीका सिसिटिभी क्यामराको फुटेज पनि हेर्छौं" उनले भने, "घटनालाई प्रहरीले गम्भीर रुपमा लिएको छ, अनुसन्धान प्रक्रिया अघि बढिसकेको छ।"

    प्रहरीले सहकारीको आर्थिक कारोवारसमेत अध्ययन हुने जनाएको छ। कतिपय सहकारीमा कारोबार बिग्रेको र त्यसलाई मिलाउन पनि चोरीका घटना घटाइने गरेको इतिहास रहेको उल्लेख गर्दै प्रहरीले सहकारीको समितिका पदाधिकारी र कर्मचारीहरूको आचरणसमेत अध्ययन गरिने दावी गरेको छ।

    WhatsApp Image 2025-04-06 at 10.13.43.jpeg

    देवदहमा भएको सहकारी चोरीको यो घटना पहिलो भने होइन । केहीवर्ष अघि देवदह दुग्ध उत्पादन सहकारी संस्थामा चोरी भयो । जुन देवदहको सहकारी इतिहासमा पहिलो चोरी थियो। सहकारीको सामानसहित नगद चोरी भएपनि चोरीकार्यमा संलग्नको न पहिचान खुल्यो न कारवाहीको दायरामा नै ल्याउन सकियो। 
     
    त्यसैगरी २०८० फाल्गुण १० गते एकैरात देवदहका चार वटा सहकारीमा चोरी भयो । देवदह-६ मा अवस्थित राधाकृष्ण दुग्ध उत्पादक सहकारी, साना किसान कृषि सहकारी, सारथी कृषि सहकारी र शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा चोरी भएपनि चोर पत्ता लागेन।  
     
    उल्लेखित सहकारीमध्ये राधाकृष्ण दुग्ध उत्पादक सहकारीबाट २४-२५ हजार चोरी भएको र अन्य सहकारीमा ताल्चा फोडिएको पाईएको थियो ।  सानाकिसान कृषि सहकारी संस्थाको गेटको ताल्चा फोडिएको र सिसिटिभी क्यामराको हार्ड डिस्क चोरी भएको भएपनि बचतकर्ताको रकम सबै सुरक्षित रहेको सहकारीले जनाएको थियो। 
     
    साना किसान कृषि सहकारीसहित सारथी कृषि सहकारी र शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाबाट समेत सिसिटिभी क्यामराको हार्ड डिस्क चोरी भएको थियो। 

    WhatsApp Image 2025-04-06 at 10.13.38.jpeg

    चोरी पछि प्राप्त सिसिटिभी फुटेजमा चार जना युवा चोरी कार्यमा संलग्न भएको देखिएपनि संलग्नहरूको पहिचान नखुलेको र थप अनुसन्धान भैरहेको तत्कालिन अवस्थामा प्रहरीले जानकारी दिएको थियो। यद्यपि हालसम्म चोर समातिएका छैन्।

    यसरी चोरी हुने तर चोर पक्राउ नपर्ने परिस्थितिले अपराधिहरुको मनोबल बढिरहेको अनुमान गर्न सकिन्छ। सहकारीको भल्ट नै फुटाएर चोरी हुनु गम्भीर विषय हो। यसमा स्थानीय प्रशासनसंगै सहकारी संचालकहरु समेत उत्तिकै सजग हुनु जरुरी छ। सहकारीका सबै शाखाको सिसिटिभीलाई केन्द्रिय कार्यालयमा केन्द्रित गर्ने र त्यहाँबाट सुरक्षा गार्डको टिमले २४ सै घण्टा मनिटर गर्ने कार्य कार्य सकियो भने चोरीका घटना नियन्त्रण हुन सक्छन ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सहकारी चोरी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।