Logo

२०८३, श्रावण २७गते


images
images

दह महोत्सव

मंगल पुष्करिणी दहमा श्रीमद्भागवत महापुराण सुरु, ७ बजे सन्ध्याकालीन आरती हुने

मंगल पुष्करिणी दहमा श्रीमद्भागवत महापुराण सुरु, ७ बजे सन्ध्याकालीन आरती हुने

images
  • मंगल पुष्करिणी दहमा श्रीमद्भागवत महापुराण सुरु, ७ बजे सन्ध्याकालीन आरती हुने
    images
    images

    देवदह । बिहिवारदेखि देवदहमा सुरु भएको मंगल पुष्करिणी दह धार्मिक महोत्सवमा श्रीमद्भागवत महापुराण वाचन सुरु भएको छ। देवदह-९ स्थित कोटियादेवी मन्दिरबाट दहसम्म कलशयात्रा गरी महायज्ञ सुरु गरिएको महोत्सव मूल आयोजक समिति संयोजक मोहन जिसीले जानकारी दिए।  

    images
    images
    images

    हिन्दु धर्म गुरु चैतन्य कृष्णले महायज्ञको उद्घाटन गर्दै देवदहको महिमा बुझ्न महोत्सवले महत्वपूर्ण योगदान दिने बताए। मंगलपुष्करिणी दहको पुरातात्विक र ऐतिहासिकताको चर्चा गर्दै उनले देवदह सबै क्षेत्र, समुदाय र धर्मावलम्बीको आस्थाको केन्द्र भएको बताए। 

    images
    images
    images

    २८ गतेसम्म संचालन हुने महायज्ञमा चन्द्रकान्त काफ्लेले कथावाचन गर्ने छन। महायज्ञमा हरेकदिन महाआरती र भजनकीर्तन हुने आयोजकले जनाएको छ । 
     
    हिजोदेखि सुरु भएको महोत्सवमा पहिलो दिन बौद्ध परम्परा अनुसार दह शुद्धि गरिएको छ। सकल प्राणी जगतमा सुख, शान्ति, समृद्धिको कामना गर्दै भिक्षु महासंघबाट मंगलपुष्करिणी दहमा महापरित्राण पाठ गरिएको छ। अखिल नेपाल भिक्षु महासंघका पुर्व केन्द्रीय अध्यक्ष तथा अन्तराष्ट्रीय बौद्ध समाजका अध्यक्ष भिक्षु मैत्री महास्थवीरको नेतृत्वमा महापरित्राण पाठ गरिएको हो।
     
    कलश यात्रामा स्थानीय संघ, संस्था र आमा समूहले व्यानरसहित संस्थागत प्रतिनिधित्व जनाउने वडा कार्यालयले जनाएको छ। 

    images
    images
    images

    ऐतिहासिक मंगलपुष्करिणी (देव दह) को प्रचार प्रसारसंगै देवदह -९ स्थित सन्दिप आधारभूत विद्याल र छाडा चौपाया व्यवस्थापनको लागि निर्मित गौशालालाई सहयोग जुटाउन महोत्सव आयोजना गरिएको आयोजकको भनाई छ।

    प्राचीन समयमा राजा तथा ऋषि–तपस्वीहरूले स्नान गर्ने देव दहमा सेता, राता, गुलावी लगायतका विभिन्न रङ्गका कमल फुल्ने भएकाले बौद्ध धर्ममा यसलाई मङ्गलपुष्करिणी भनिएको बौद्ध अध्येताहरूको भनाई छ। बौद्ध ग्रन्थहरूमा यसलाई ध्यान, शुद्धता र साधनाका लागि उपयुक्त स्थलका रूपमा वर्णन गरिएको बताइन्छ। बौद्धकालिन समयमा राज्याभिषेकका क्रममा देव दहमा स्नान गर्ने परम्परा रहेको समेत जानकारहरू बताउँछन।

     देवदह नगरपालिका–९, घोडाहाको उत्तरतर्फ प्रगति सामुदायिक वनमा अवस्थित मङ्गलपुष्करिणी (देव दह) कै कारण यस क्षेत्रको नाम देवदह रहन गएको स्थानीय बताउँछन। धार्मिक मान्यता अनुसार सत्य, धर्म, संघ र मङ्गल प्राप्त गर्ने पवित्र स्थल भएकाले समेत यसलाई मङ्गलपुष्करिणी भनिएको हो। बौद्ध धर्म ग्रन्थ त्रिपिटक र हिन्दू धर्मग्रन्थ वराह पुराणमा समेत देवदहको विशेष उल्लेख गरिएको छ।

    देवदह नगरपालिका वडा नं ९ ले संयोजन गरिरहेको महोत्सवको संरक्षक देवदह नगरपालिका रहेको छ भने सहआयोजक प्रगति सामूदायिक वन रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # श्रीमद्भागवत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।