काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले नागरिक आरोग्य सेवालाई ७५३ वटै पालिकामा बिस्तार गर्ने बताएका छन् । शुक्रवार राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ काठमाडौंको सेवा शुभारम्भ गर्दै स्वास्थ्यमन्त्री पौडेलले नागरिक आरोग्य सेवालाई ७५३ वटै पालिकामा बिस्तार गर्ने योजनाअनुसार सरकार अघि बढिरहेको बताएका हुन् ।
उनले आयुर्वेद क्षेत्रलाई व्यापक ढंगले विकास गर्ने कोशिस सरकार रहेको बताए । उनले नागरिक आरोग्य सेवा सबै पालिकामा पु¥याउने गरी आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गर्ने प्रतिवद्धता जनाए ।
मन्त्री पौडेलले आयुर्वेद नेपालको मौलिक प्रणाली हुनुका साथै जीवनपद्धति भएको उल्लेख गर्दै आयुर्वेद नेपालको संस्कृति र सभ्यता भएकाले नेपाल आयुर्वेद क्षेत्रको हब बन्नुपर्ने बताए । उनले आयुर्वेद नेपालबाटै उत्पत्ति भएको हो भन्नेकुरा विश्वलाई बुझाउन सक्नुपर्नेमा जोड दिए ।
मन्त्री पौडेलले सरकारले बिरामी हुन नदिने उपायहरुको बारेमा खोजि गरिरहेको बताउँदै सरकारले निरोगी नेपाली बनाउने गरी अभियान शुरु गरिरहेको उल्लेख गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology