Logo

२०८३, श्रावण २७गते


images
images

देव दह महोत्सव

देव दहमा पाँच हजार दीप प्रज्ज्वलन

देव दहमा पाँच हजार दीप प्रज्ज्वलन

images
  • देव दहमा पाँच हजार दीप प्रज्ज्वलन
    images
    images

    देवदह । देवदहमा जारी मंगलपुष्करिणी दह महोत्सव अन्तरगत देव दहमा दीप प्रज्ज्वलन गरिएको छ। बिहिवार बेलुका दहमा पाँच हजार दीप प्रज्ज्वलन गरिएको महोत्सव मूल आयोजक समिति संयोजक मोहन जिसीले जानकारी दिए। 

    images
    images
    images

    देवदहका विभिन्न संघसंस्था र आमा समूहको सहभागीतामा पहिलो पटक दहमा दीप प्रज्जवलन गरिएको देवदह-९ वडा कार्यालयले जनाएको छ। 'यस क्षेत्रको शान्ति र समृद्धिको कामना गर्दै दीप प्रज्जवलन गरिएको छ।'  वडा अध्यक्ष जिसीले भने, 'दीप प्रज्ज्वलनमा देखिएको नगारिक सहभागिताले उत्साहित बनाएको छ।'  
      
    महोत्सवमा आजदेखि श्रीमदभागवत महापुराण सुरु हुँदैछ। हिन्दु धर्मगुरु चैतन्य कृष्णले महायज्ञको उद्घाटन गर्ने कार्यक्रम तय भएको जनाइएको छ। 

    images
    images
    images

    महोत्सवमा पहिलो दिन हिजो बौद्ध परम्परा अनुसार दह शुद्धि गरिएको थियो। सकल प्राणी जगतमा सुख, शान्ति, समृद्धिको कामना गर्दै अखिल नेपाल भिक्षु महासंघका पुर्व केन्द्रीय अध्यक्ष तथा अन्तराष्ट्रीय बौद्ध समाजका अध्यक्ष भिक्षु मैत्री महास्थवीरको नेतृत्वमा महापरित्राण पाठ गरिएको हो।

    images
    images
    images
    dewadah deep prajjwalan.jpg
    दहमा दीप प्रज्ज्वलन गर्दा ड्रोनबाट खिचिएको तस्विर  । फोटो : सेतोमसी 


     ऐतिहासिक मंगलपुष्करिणी (देव दह) को प्रचार प्रसारसंगै देवदह -९ स्थित सन्दिप आधारभूत विद्याल र छाडा चौपाया व्यवस्थापनको लागि निर्मित गौशालालाई सहयोग जुटाउन महोत्सव आयोजना गरिएको आयोजकको भनाई छ।

    प्राचीन समयमा राजा तथा ऋषि–तपस्वीहरूले स्नान गर्ने देव दहमा सेता, राता, गुलावी लगायतका विभिन्न रङ्गका कमल फुल्ने भएकाले बौद्ध धर्ममा यसलाई मङ्गलपुष्करिणी भनिएको बौद्ध अध्येताहरूको भनाई छ। बौद्ध ग्रन्थहरूमा यसलाई ध्यान, शुद्धता र साधनाका लागि उपयुक्त स्थलका रूपमा वर्णन गरिएको बताइन्छ। बौद्धकालिन समयमा राज्याभिषेकका क्रममा देव दहमा स्नान गर्ने परम्परा रहेको समेत जानकारहरू बताउँछन।

     देवदह नगरपालिका–९, घोडाहाको उत्तरतर्फ प्रगति सामुदायिक वनमा अवस्थित मङ्गलपुष्करिणी (देव दह) कै कारण यस क्षेत्रको नाम देवदह रहन गएको स्थानीय बताउँछन। धार्मिक मान्यता अनुसार सत्य, धर्म, संघ र मङ्गल प्राप्त गर्ने पवित्र स्थल भएकाले समेत यसलाई मङ्गलपुष्करिणी भनिएको हो। बौद्ध धर्म ग्रन्थ त्रिपिटक र हिन्दू धर्मग्रन्थ वराह पुराणमा समेत देवदहको विशेष उल्लेख गरिएको छ।

    देवदह नगरपालिका वडा नं ९ ले संयोजन गरिरहेको महोत्सवको संरक्षक देवदह नगरपालिका रहेको छ भने सहआयोजक प्रगति सामूदायिक वन रहेको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।