Logo

२०८३, आश्विन ११गते


images
images

खेलकुद

बजेट कटौतीले दशौं राष्ट्रिय खेलकुद अन्योलमा: मन्त्री चौधरी

बजेट कटौतीले दशौं राष्ट्रिय खेलकुद अन्योलमा: मन्त्री चौधरी

images
  • बजेट कटौतीले दशौं राष्ट्रिय खेलकुद अन्योलमा: मन्त्री चौधरी
    images
    images

    काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौं राष्ट्रिय खेलकुद आयोजनाबाट आफ्नो मन्त्रालय पन्छिन नखोजेको स्पष्ट पारेका छन्। अर्थ मन्त्रालयले खेलकुदका लागि छुट्याएको ६० करोड बजेटमा २५ प्रतिशत कटौती गरेपछि समस्या उत्पन्न भएको उनको दाबी छ।

    images
    images
    images

    प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री चौधरीले बजेट कटौतीले तयारीमा असर पुगेको स्वीकार्दै खर्च भइसकेको रकम कसरी व्यवस्थापन गर्ने भन्ने अन्योलले केही ढिलाइ भएको बताए। बजेट खर्च गरेर पनि उपलब्धि नहुने अवस्था आउन नदिन ध्यान दिँदा खेलकुद आयोजना प्रभावित भएको उनको भनाइ छ।

    images
    images
    images

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले दशौं राष्ट्रिय खेलकुद आयोजना गर्न आवश्यक प्राविधिक पक्षमा काम भइरहेको बताए। अर्थ मन्त्रालयले रोक्का गरेको बजेट फुकुवा गराउन राखेपले चैत १७ गते खेलकुद मन्त्रालयमार्फत पत्र पठाएको छ। अर्थ मन्त्रालयले फुकुवा गर्ने संकेत गरेकाले समस्या समाधान हुने आशा राखिएको छ।

    images
    images
    images

    सदस्यसचिव घिसिङका अनुसार, बजेट सूचना प्रणाली (LMIS) मा इन्ट्री गर्न खेलकुद मन्त्रालयलाई अनुरोध गरिसकिएको छ। राखेपले जेठ ३ देखि १० गतेभित्र दशौं राष्ट्रिय खेलकुद सम्पन्न गर्ने लक्ष्य राखेको छ। सार्वजनिक खरिद ऐन अनुसार प्रक्रिया पूरा गर्न कम्तीमा ४० दिन लाग्ने भएकाले चैतमा खेलकुद आयोजना गर्न नसकिने भइ जेठमा सारिएको उनले जानकारी दिए।

    घिसिङका अनुसार, दशौं राष्ट्रिय खेलकुदका लागि मस्कट र लोगो सार्वजनिक भइसकेको छ। आयोजनास्थल कर्णाली प्रदेशमा सचिवालय स्थापना गरी तयारी तीव्र पारिएको छ। सहभागी हुने विभागीय टोली र प्रदेश छनोट प्रक्रियासमेत अघि बढेको छ।

    गत चैत १२ गते मन्त्री चौधरीको अध्यक्षतामा सबै प्रदेशका खेलकुद मन्त्री, सहभागी टोली र विषयगत समितिको बैठक बसेको थियो। बैठकले दशौं राष्ट्रिय खेलकुदको तयारीलाई तिव्रता दिने निर्णय गरेको थियो।

    कर्णाली प्रदेश सरकारले खेलकुद आयोजनाका लागि भौतिक पूर्वाधार निर्माण गरिसकेको छ। तर, भुक्तानीका लागि बजेट अभाव हुँदा केन्द्र सरकारसँग माग गरिएको छ। राखेपले आवश्यक प्रक्रिया अघि बढाइसकेको सदस्यसचिव घिसिङले जानकारी दिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।