Logo

२०८३, आश्विन ९गते


images
images

रेडियो नेपालको हीरक महोत्सव

सञ्चारमाध्यमले भ्रम चिर्नुपर्छ : राष्ट्रपति पौडेल

सञ्चारमाध्यमले भ्रम चिर्नुपर्छ : राष्ट्रपति पौडेल

images
  • सञ्चारमाध्यमले भ्रम चिर्नुपर्छ : राष्ट्रपति पौडेल
    images
    images

     काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सञ्चारमाध्यमले भ्रम, मिथ्या र संशयपूर्ण सामग्रीबाट जनता भ्रमित हुन नदिनुपर्ने बताएका छन्। बुधबार सिंहदरबारमा आयोजित सार्वजनिक प्रसारण सेवा रेडियो नेपालको ७५औं वर्ष प्रवेश अवसरमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै उनले इन्टरनेट र प्रविधिको विकाससँगै नागरिक पत्रकारिता बलियो बनेको उल्लेख गरे।

    images
    images
    images

    ‘प्राकृतिक विपत्ति, महामारीलगायत संकटका बेला सञ्चारमाध्यम, विशेषगरी रेडियोको भूमिका महत्त्वपूर्ण रहन्छ,’ उनले भने, ‘हाम्रो पुस्ता रेडियो नेपाल सुन्दै हुर्कियो, यसको सात दशक लामो यात्रा विभिन्न जातजाति र भाषाभाषीको आवाज बन्न सफल भएको छ।’

    images
    images
    images

    लोकतन्त्र स्थापनापछि सञ्चारमाध्यमको विकासले गति लिएको बताउँदै उनले प्रभावकारी सञ्चालन चुनौतीपूर्ण रहेको उल्लेख गरे।

    images
    images
    images

    ‘सार्वजनिक प्रसारणको मर्म, भावना र उद्देश्यअनुसार प्रभावकारी काम गर्नुपर्ने चुनौती तपाईंहरू सामु छ,’ उनले भने, ‘स्वतन्त्र, स्वायत्त संस्थाका रूपमा सार्वजनिक प्रसारण माध्यमको विकास लोकतान्त्रिक मूल्य-मान्यता, स्वतन्त्र पत्रकारिता र जनउत्तरदायी बनेर अघि बढ्नुपर्छ।’

    राष्ट्रपति पौडेलले संविधानले ग्यारेन्टी गरेको पूर्ण प्रेस स्वतन्त्रताको स्मरण गराउँदै नेपालको राजनीतिक परिवर्तनमा पत्रकारिताको महत्त्वपूर्ण योगदान रहेको बताए।

    ‘सूचना प्रविधिको विकाससँगै समाचारको स्वरूप, सञ्चारमाध्यम र समाचार संप्रेषण शैलीमा ठूला परिवर्तन आएका छन्। सामाजिक सञ्जालको विकाससँगै नागरिक पत्रकारिता बलियो बनेको छ,’ उनले भने, ‘तर प्रविधिको दुरुपयोगबाट फैलिने भ्रम, मिथ्या र संशयपूर्ण सामग्रीले जनतालाई भ्रमित बनाउन नदिनु सञ्चारमाध्यमको जिम्मेवारी हो।’

    २०७२ को भूकम्प र कोरोना महामारीका बेला रेडियो नेपालसहित सञ्चारमाध्यमले खेलेको भूमिकालाई स्मरण गर्दै उनले संकटका बेला सञ्चारमाध्यम आमनागरिकको भरोसाको केन्द्र हुने बताए।

    ‘नागरिकको हक प्रत्याभूत गर्न रेडियो नेपालले समावेशी चरित्रको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुऱ्याएको छ,’ उनले भने, ‘जातजाति, भाषाभाषीको अधिकार संरक्षण गर्दै लोकतन्त्रलाई सुदृढ बनाउनु नै सञ्चारमाध्यमको मुख्य लक्ष्य हुनुपर्छ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।