बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले पत्रकारको हत्या र सञ्चारगृहमाथिको आक्रमणको निन्दा गर्दै स्थानिय प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । महासंघका जिल्ला अध्यक्ष दिनेश पान्डेको नेतृत्वमा ईलका प्रशासन कार्यालय बुटवलमा पुगि पत्रकारको टिमले पत्रकार सुरेश रजकको हत्यारालाई तत्काल पहिचान गरि पक्राउ गर्न पनि आग्रह गरेको छ ।
राजावादिहरुको आन्दोलनको क्रममा काठमाडौंमा केही दिन अगाडि रिपोर्टिङमा खटिएका पत्रकार रजकको प्रदर्शनकारिले गरेको आगजानिमा परि मृत्यु भएको थियो ।
ज्ञापनपत्र बुझाउदै अध्यक्ष पान्डेले रिपोर्टिङमा खटिएका पत्रकारको हत्या गरिएको उल्लेख गर्दै तत्काल दोषि पत्ता लगाई कारबाहि गर्न माग गरेका छन् । महासंघले पत्रकारहरु ढुक्क भएर रिपोर्टिङमा खटिन सक्ने अवस्था नरहेको भन्दै राज्य पत्रकारको सुरक्षाकालागि गम्भीर बन्नुपर्ने बताएको छ ।
महासंघ रुपन्देहीले आन्दोलनको नाममा पत्रकारको हत्या गर्ने, पत्रकारहरुलाई आक्रमण गर्ने र सन्चारगृहमाथि तोडफोड तथा आगजानि गर्ने कार्य अपराधिक गतिविधि भएको उल्लेख गर्दै राज्यले दोषिलाई कारबाहि, मृतकलाई राहत र घाईतेलाई उपचार नगरे चरणबद्ध कडा आन्दोलन गर्ने बताएको छ ।
ज्ञापनपत्र बुझिसकेपछि ईलका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्यालले राजावादिहरुको आन्दोलनको क्रममा भएको पत्रकार हत्या र आक्रमणले आफुहरुलाई समेत स्तब्ध बनाएको बताउदै उक्त ज्ञापनपत्र तत्काल प्रधानमन्त्री कार्यलयमा पठाउने बताए ।
ज्ञापनपत्र बुझाउन महासंघ अध्यक्ष पान्डेको नेतृत्वमा केन्द्रीय सदस्य रामराज पोखरेल, महासंघ रुपन्देही उपाध्यक्षद्वय विश्वास ढकाल र अस्मिना पान्डे, प्रेस चौतारि नेपालका केन्द्रीय सचिव प्रदिप आचर्य, समाजवादि प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष विनोद परियार, प्रेस युनियनका जिल्ला सभापति कबिन्द्र नेपाल, प्रेस चौतारिका जिल्ला अध्यक्ष भगवती पान्डे लगाएतको सहभागिता लगायत सहभागी रहेको सूचना अधिकारी समेत रहेका सचिव सिपि खनालले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology