काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले तीनकुनेमा जस्तै संसदभित्र समेत हुलहुज्जत गर्न खोजेको आरोप लगाएका छन् । सोमवार संघीय संसद परिशरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले संसदभित्र राप्रपा सांसदहरुले गरेको क्रियाकलापबारे कार्यव्यवस्था परामर्श समितिको बैठकमा गम्भिर समिक्षा गर्ने समेत बताए ।
उनले संविधानमा नलेखिएका शब्दहरु संसदको कल्चरमा नआउने स्पष्ट पारे । बर्तौताले राजावादीको नाममा संविधानले नचिनेका शब्दहरु संदनभित्र मात्र नभई सदनबाहिर समेत कानून विपरित रहेको उनको तर्क छ ।
‘संविधानमा नलेखिएका शब्दहरु संसदका कल्चरहरुमा यस्ता विषयहरु आउन सक्दैनन् । यी पूर्व भइसकेका विषयहरु हुन् ।’ उनले भने, ‘राजावादीको नामबाट संविधानले नचिनेका शब्दहरु जे कुरा भइरहेको छ । यो सदनभित्र मात्र होइन । सदनबाहिर पनि कानून विपरित कुरा हो ।’
प्रधानमन्त्री बोल्दै गर्दा भएको अमर्यादित र अराजक गतिविधिबारे कार्यव्यवस्था समितिको बैठकमा छलफल गरिने उनको भनाइ छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology