देवदह । रुपन्देहीको देवदहमा १५ दिने वाद्यवाधन तालीम सुरु भएको छ । देवदह नगरपालिका वडा नम्बर ३ को आयोजना र रोहिणी सांस्कृतिक मञ्चको सहजीकरणमा देवदह ३ सेमरहानामा आइतवारदेखि तालीम सुरु गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दौ देवदह नगरपालिका वडा नम्बर ३ का अध्यक्ष यज्ञ प्रसाद अर्यालले मौलिक संस्कृतिलाई जोगाउन र महिलाहरुलाई सीप प्रदान गर्न तालीम आयोजना गरिएको बताए । तालिम अवधिभर अनुशासित भएर प्रशिक्षण लिन र सिपलाई व्यवहारमा उतार्न अध्यक्ष अर्यालले आग्रह गरे । वडाले समानुपातिक रुपमा सबै पक्षलाई समेटेर विकास निर्माणका कार्यहरु सञ्चालन गरिरहेको भन्दै उनले वडाको विकास निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको जानकारी दिए ।
१५ दिनसम्म सञ्चालन हुने तालिममा देवदह ३ का ५ वटा आमा समूहहरुलाई हार्मोनियम मादल, खैजडी र मुजुरा बजाउन सिकाइने रोहीणी सास्कृतिक मंचका अध्यक्ष प्रीतम कुमार थापाले बताए । तालिममा ४० जना प्रशिक्षार्थीको सहभागीता रहेको छ ।
तालिम उद्घाटन सत्रमा ब्राह्मण समाज देवदहका नगर अध्यक्ष बिष्णु प्रसाद अर्याल, कार्यपालिका सदस्य टिकिसरा सुनार, वडा सदस्य अम्रिका प्रसाद चौधरी, शिवालय आमा समूहका अध्यक्ष केशरी गैरे, प्रशिक्षक भगेन्द्र बहादुर विश्वकर्मा लगायतले मन्तव्य राखेका थिए ।
संस्थाका अध्यक्ष प्रीतम कुमार थापा मगरको अध्यक्षता, कोषाध्यक्ष युवा कुमारी कामु थापाको स्वागत र सह सचिव केशव पराजुलीको सञ्चालनमा कार्यक्रम भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology