Logo

२०८३, श्रावण २७गते


images
images

नेपाल सुपर लिग

नेपाल सुपर लिग : १० खेलाडीमा सीमित बुटवलले झापालाई रोक्यो

नेपाल सुपर लिग : १० खेलाडीमा सीमित बुटवलले झापालाई रोक्यो

images
  • नेपाल सुपर लिग : १० खेलाडीमा सीमित बुटवलले झापालाई रोक्यो
    images
    images

    काठमाडौं । १० खेलाडीमा सीमित बुटवल लुम्बिनी एफसीलाई हराउँदै झापा एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा सुखद सुरुआत गर्ने अवसर गुमाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा झापाले आइतवार बुटवलसँग गोलरहित बराबरीमा खेल्दै अंक बाँडेको हो । 

    images
    images
    images

    कप्तान इरिक बिष्टले रातो कार्ड बेहोरेपछि बुटवल अन्तिम २० मिनेट १० खेलाडीमा सीमित भएको थियो । तर, झापाले त्यसको फाइदा लिन सकेन । एक खेलाडी कम भए पनि बुटवलले महत्वपूर्ण एक अंक प्राप्त ग¥यो । 

    images
    images
    images

    गत सिजनको भेटमा झापाले बुटवललाई हराएको थियो । यस सिजन भने झापाले त्यो लय जारी राख्न सकेन । यद्यपि, झापाले खेल अवधिभर दबाब राखे पनि बुटवलको डिफेन्स तोड्न भने असफल भयो ।  खेलको आठौं मिनेटमा झापाले पहिलो आक्रमण बन्यो । तर, बुटवलका गोलकिपर दीप कार्कीले अलहाजी गेरोको गोल गर्ने प्रयास असफल बनाए । रितिक खड्काको थ्रो बललाई अलहाजीले १२ यार्डबाट गरेको सशक्त प्रहार दीपले असफल बनाए । 

    images
    images
    images

    फेरि, झापाले १३औं मिनेटमा गरेको अर्को उत्कृष्ट अवसरलाई पनि दीपले नै पन्च गर्दै असफल पारे । इसाइभ मुखामदले पेनाल्टीबक्स बाहिरबाट गरेको उत्कृष्ट लेफ्ट फुटेट सटलाई दीपले पन्च गर्दै बाहिर पठाइदिए । झापाले एकपछि अर्को आक्रामण बुनेपछि लुम्बिनीका गोलकिपर दीप निकै ब्यस्त रहे । उनले २३औं मिनेटमा झापाका इरसिक लाजारको लामो दूरीबाट गरेको सशक्त प्रहार पनि सफल हुन दिएनन् ।

    ३१औं मिनेटमा बुटवलले फ्रिकिकमार्पmत आक्रामण बुन्यो । तर, इजेकिइल तामाराले करिब २५ यार्डबाट गरेको फ्रिकिक पोस्टभन्दा माथिबाट बाहिरिन पुग्यो । ३६औं मिनेटमा रितिकको नजिकै दूरीबाट गरेको सट पनि असफल हुँदा झापा अग्रता लिनबाट चुक्यो । त्यसको दुई मिनेटपछि बुटवलको गोल गर्ने सुन्दर अवसर सदुपयोग हुन सकेन । मध्यभागबाट प्रदीप लामाको लामो पास नियन्त्रणमा लिँदै फिलिप एडजाहले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार झापाका गोलकिपर नेमान्जा लेमाजिचले मुस्किलले रोके । नेमान्जाले बल फुत्काए पनि झापाका लागि चुनौती भने भएन ।

    पहिलो हाफको थप समयमा पनि झापाको फ्रिकिक सफल भएन र गोलरहित बराबरी भयो । दोस्रो हाफमा दुवै तर्पmबाट खासै राम्रो खेल हुन सकेन । ७०)औं मिनेटमा कप्तान एरिक बिष्टले रातो कार्ड सामना गरेपछि बुटवल १० खेलाडीमा सीमित भयो । एरिकले झापाका इसाइभलाई लडाएपछि  दोस्रो पहेँलो कार्ड सामना गरेका हुन् । ८९औं मिनेटमा इसाइभले हेड गोल गर्ने अवसर सदुपयोग गर्न सकेनन् । त्यसपछि केही आक्रमण बुने पनि गोल भएन र खेल गोलरहित बराबरीमा नै सकियो । उद्घाटन खेलमा पनि ललितपुर सिटी एफसी र काठमाडौं रेजर्सले २–२ को बराबरी खेलेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल सुपर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।