Logo

२०८३, श्रावण २७गते


images
images

कला साहित्य

नेपाली लेखक संघको  अध्यक्षमा बुढाथोकी

नेपाली लेखक संघको  अध्यक्षमा बुढाथोकी

images
  • नेपाली लेखक संघको  अध्यक्षमा बुढाथोकी
    images
    images

    देवदह । नेपाली लेखक संघको केन्द्रिय अध्यक्षमा वियोगी बुढाथोकी निर्वाचित भएका छन् । लुम्बिनीमा सम्पन्न आठौं राष्ट्रिय अधिवेशनमा अर्का प्रत्यासी रत्नमणि नेपाललाई पराजित गर्दै बुढाथोकी अध्यक्षमा चयन भएका हुन् । 
    देशभरका ३०१ प्रतिनिधि सहभागि अधिवेशनमा बुढाथोकीले एक सय १५ मत प्राप्त गर्दा नेपालले ५९ मत प्राप्त गरे । यसैगरि सह–अध्यक्षमा डा. शैलेन्दु नेपाललाई पराजित गर्दै मनोज न्यौपाने विजयी भएका छन् । न्यौपानेले एक सय २ मत प्राप्त गरे भने नेपालले ६९ मत प्राप्त गरे । अन्य पद सर्वसम्मत भएपछि ३ पदमा भएको निर्वाचन अन्तर्गत प्रकाश विमिललाई पराजित गर्दै सोझो गाउँले महासचिवमा निर्वाचित भएका छन् । महासचिव गाउँलेले एक सय २६ मत पाइरहँदा विमिलले जम्मा ४९ मत प्राप्त गरे ।

    images
    images
    images

    संघका अन्य पद भने निर्विरोध भएको निर्वाचन संयोजक धर्मेन्द्र नेम्वाङ्गले जानकारी दिए । नेम्वाङ्गका अनुसार खुल्ला उपाध्यक्षमा दामु मर्सिफुल, डा. इश्वरमणी अधिकारी, डा. विष्णु के.सी र डा. शशि थापा पण्डित चयन भएका छन् । यसैगरि महिला उपाध्यक्षमा विमला तुम्खेवा, परराष्ट्र उपाध्यक्षमा युवराज डि.सी., उपमहासचिवमा नारायण सापकोटा, कोषाध्यक्षमा विशु कुमार के.सी. तथा खुल्ला सचिवमा निर्मल ढुङ्गाना, डा. लोकेन्द्र बहादुर खड्का र मिलन समीर सर्वसम्मत भएका छन् । 

    images
    images
    images

    यस्तै महिला सचिवमा निर्मला कोइराला निर्विरोध हुँदा सदस्यहरुमा इन्द्र लम्साल, सन्तोष बोहरा, राजन बस्नेत सुदर्शन आचार्य दिवाकर घिमिरे, विमल बैद्य अमृत क्षेत्री, हरिप्रसाद चालिसे, मोहव वाग्ले र रामचन्द्र घिमिरे चयन भएका छन् । 

    images
    images
    images

    त्यसैगरी कोसी प्रदेशबाट जेबी खत्री, वागमती बाट भगवती खनाल, गण्डकी बाट डा. गणेश प्रसाद शर्मा, लुम्बिनी बाट लिलाधर पाण्डेय, कर्णालीबाट  कमला के.सी र सुदुरपश्चिमबाट प्रा.भोजराज जोशी निर्विरोध भए । 

    संघको महिला सदस्यमा राधिका गुरागाई, गंगा विष्ट, शोभा अधिकारी, ईन्दिरा निरौला र सन्जा कुमारी दनुवार चयन भएका छन् । दलित सदस्यमा गणेशबहादुर नेपाली, आदिवासी जनजाती सदस्यमा मनु योङहाङ र पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व गर्दै द्रोपती डाँगा सदस्यमा चयन भएका छन् ।

    सनिवार उद्घाटन भएको संघको अधिवेशन नयाँ नेतृत्व चयन गरेसँगै आईतवार सम्पन्न भएको नवनिर्वाचित सचिव ढुङ्गानाले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली लेखक संघ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।